site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकवर्षमा ६६ हजार नेपाली सधैँका लागि विदेशिए
Tiktok banner adTiktok banner ad

काठमाडौं । एक वर्षको अवधिमा ६६ हजार ८३५ नेपाली सधैँका लागि विदेश गएको पाइएको छ । सन् २०२४ मा उनीहरू स्थायी बसोबासकै लागि  विदेशिएका हुन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०२४ को जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा कुल १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका छन् । तीमध्ये स्थायी बसोबासकै लागि भनेर जानेको संख्या ६६ हजार ८३५ रहेको देखिएको छ । 

विदेश जानेमध्ये १२ लाख १६ हजार ५५७ जना पुरुष र ४ लाख ६७ हजार २५७ जना महिला छन् ।  विदेश जानेमा ७२.१० प्रतिशत पुरुष र २७.९० प्रतिशत महिला छन् । विभागको तथ्याङ्कअनुसार वर्ष २०२४ मा ६६ हजार ८३५ जना नेपाली स्थायी बसोबास गर्ने उद्देश्यले विदेश गएको देखिन्छ । अर्थात् उनीहरु सधैँको लागि देश छोडेका छन् । 

यसरी देश छोड्नेमा ३४ हजार ५४४ जना पुरुष र ३२ हजार २८७ जना महिला छन् । गत वर्ष परिवारका सदस्यसँग भेटघाट गर्ने उद्देश्यले १ लाख ३१ हजार ७९७ जना नेपाली विदश गएको देखिन्छ ।  यसरी जानेमा ५४ हजार ५३१ जना पुरुष थिए भने ७७ हजार २५७ जना महिला । 

परिवारका सदस्य भेटघाट गर्ने उदेश्यले विदेश जानेमा पुरुषको तुलनामा महिलाको संख्या ठूलो देखिन्छ ।  अस्थायी बसोबासको उदेश्यले वर्ष २०२४ मा १ लाख ८२७ जना नेपाली विदेश गएका थिए ।  तीमध्ये ५६ हजार २८१ जना पुरुष र ४४ हजार ५३६ जना महिला थिए । 

गतवर्ष पर्यटन तथा तिर्थाटन (भिजिट भिसामा) को उद्देश्यले २ लाख ७४ हजार ४२८ जना नेपाली विदेश गएको विभागको तथ्याङ्कले देखाउँछ ।  भिजिट भिसिामा विदेश जानेमा १ लाख ५९ हजार ४३ जना पुरुष र १ लाख १५ हजार ३५६ जना महिला छन् । 

वर्ष २०२४ मा रोजगारी खोज्दै अर्थात वर्किङ भिसामा ८ लाख ५६ हजार ४२२ जना विभिन्न देश गएको देखिन्छ । रोजगारीको लागि विदेश जानेमा ७ लाख ६९ हजार ८९० जना पुरूष छन् भने ९६ हजार १९७ जना महिला छन् ।
विभागको तथ्याङ्कअनुसार गत वर्ष डिपेन्डेन्ट भिसामा ३३ हजार ९०९ जना नेपाली विदेश गएका थिए । 

यसरी विदेश जानेमा १२ हजार ११४ जना पुरुष र २१ हजार ७९४ जना महिला छन् ।  डिपेन्डेन्ट भिसामा विदेश जानेमा पुरूषको तुलनामा महिलाको संख्या बढी देखिएको छ । वर्ष २०२४ मा व्यापारिक उद्देश्यले २० हजार १०१ जना नेपाली विदेश गएका थिए । 

तीमध्ये १७ हजार ४०५ जना पुरुष र २ हजार ६९५ जना महिला थिए । अध्ययन गर्ने उदेश्यले अर्थात् स्टुडेन्ट भिसामा गत वर्ष १ लाख १९ हजार ४०९ जना नेपाली विदेश गएको देखिन्छ ।  अध्ययन गर्न विदेश जानेमा ६४ हजार ३३५ जना पुरूष र ५५ हजार ६८ जना महिला रहेका छन् ।

गत वर्ष सम्मेलन, सेमिनार र तालिम लिने उद्देश्यले १७ हजार १६६ जना पुरुष र ७ हजार ८९ जना महिला गरी कुल २४ हजार २६२ जना नेपाली विदेश गएको विभागको तथ्याङ्कले देखाउँछ ।

सोही वर्ष उपचारको लागि भन्दै १८ हजार ७१३ जना नेपाली विदेश गएका थिए ।  उपचार गर्न विदेश जानेमा १० हजार ३४२ जना पुरुष र ८ हजार ३६४ जना महिला थिए । विभागको तथ्याङ्क अनुसार वर्ष २०२४ मा १० हजार १०१ जना पुरुष र ३ हजार १९१ जना महिला गरि कुल १३ हजार २९३ जनाले ‘अफिसियल भिजिट’ भन्दै विदेश गएका थिए । 

विभिन्न कार्यक्रम, कन्सर्ट र सांस्कृतिक कार्यक्रममा सहभागी हुनको लागि गत वर्ष ५ हजार ७०३ जना नेपाली विदेश गएको देखिन्छ ।  यस्ता कार्यक्रममा जानेमा ३ हजार ७०५ जना पुरुष र १ हजार ९९७ जना महिला छन् ।संयुक्त राष्ट्रसंघको मिसनमा सहभागी हुने उद्देश्यले वर्ष २०२४ मा ५ हजार ८४७ जना नेपाली विदेश गएका थिए । तीमध्ये ५ हजार ५७ जना पुरुष र ७९० जना महिला थिए ।

गत वर्ष नै खेलकुदका विभिन्न कार्यक्रममा सहभागी हुन २ हजार ४३ जना पुरुष र ६३७ जना महिला गरी कुल २ हजार ६८० जना नेपाली विदेश गएका थिए ।  अघिल्लो वर्ष २०२३ मा विभिन्न उद्देश्यले १६ लाख ३ हजार ८३६ जना नेपाली विदेश गएका थिए । 

तीमध्ये ११ लाख ७१ हजार १८६ जना पुरुष र ४ लाख ३२ हजार ५८४ जना महिला थिए । सन् २०२३ को तुलनामा २०२४ मा ७० हजारभन्दा बढी विदेश गएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro