site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिनियाँ विदेशमन्त्री वाङ यीको प्रतिबद्धता– पोखरा विमानस्थल सञ्चालनमा सघाउँछौँ

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले चीनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा उनले यस्तो खुलासा गरेकी हुन् ।

“केही दिनअघि मैले चीन भ्रमण गर्दा चीनका विदेशमन्त्री वाङ यीले मलाई भन्नुभयो– तपाईंहरूलाई पोखरा विमानस्थल सञ्चालन गर्न हामी सघाउनेछौँ र यो सम्भव छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गरेका थिए । प्रधानमन्त्री चीन जानुअघि परराष्ट्रमन्त्री राणाले चीनको भ्रमण गरेकी थिइन् । त्यसपछि फर्केर उनी प्रधानमन्त्रीसँगै पुनः चीन गएकी थिइन् ।

प्रधानमन्त्री ओलीको भ्रमणको तयारीस्वरूप आफू चीन जाँदा चिनियाँ विदेशमन्त्रीले पोखरा विमानस्थल सञ्चालनमा सघाउने प्रतिबद्धता जनाएको उनले बताइन् ।

सन् २०२५ लाई ‘भिजिट नेपाल इयर इन चाइना’ भनेर मनाइँदै छ । यो कार्यक्रमअन्तर्गत यो वर्ष चीनले आफ्ना नागरिकलाई नेपाल घुम्न पठाउनेछ ।

“पोखराकेन्द्रित भएर धेरै कार्यक्रम चीनले गर्न खोजेको छ,” उनले भनिन् । पोखरा विमानस्थल सञ्चालनमा सघाउन पनि यस्तो गर्न खोजिएको उनको बुझाइ छ ।

प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्दा पोखरा विमानस्थल एजेन्डामा नै नरहेको उनले स्पष्ट पारिन् । “पोखरा विमानस्थल निर्माण गर्दाको चिनियाँ ऋणलाई अनुदानमा लैजान प्रस्ताव गएको छैन,” परराष्ट्रमन्त्री राणाले भनिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro