site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आरजुलाई जयशंकरको प्रश्न– तपाईंको देशमा मान्छे मारेको भए के गर्नुहुन्थ्यो ? 

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९औँ शिखर सम्मेलन हुन नसकेको बताएकी छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको सोमबारको बैठकमा उनले सार्क शिखर सम्मेलनका विषयमा भारतले कडा ‘स्ट्यान्ड’ लिएको बताइन् । “गत सेप्टेम्बरमा भारत भ्रमण गर्दा भारतीय विदेशमन्त्री एस जयशंकरसँग मैले सार्क शिखर सम्मेलन गर्ने प्रस्ताव राखेको थिएँ,” उनले भनिन्, “मेरो प्रस्तावमा जयशंकरको जवाफ थियो– तपाईंको देशमा आक्रमण र मान्छे मारेको भए सम्मेलन राख्नुहुन्थ्यो ? ।”

Dabur Nepal
NIC Asia

भारतीय विदेशमन्त्रीको जवाफले आफू नाजवाफ भएको उनले बताइन् । मन्त्री राणाले भनिन्, “त्यसपछि मैले त केही भन्नै सकिनँ । दुई देशबीचको कुरा थियो ।”

सार्कको १८औँ शिखर सम्मेलन सन् २०१४ को नोभेम्बर २६–२७ मा काठमाडौंमा भएको थियो । त्यसपछि नेपाल सार्कको अध्यक्ष रहँदै आएको छ ।

सार्कको १९औँ शिखर सम्मेलन गर्ने पालो पाकिस्तानको छ । पाकिस्तानले २०१६ को नोभेम्बर १५–१६ मा सार्क शिखर सम्मेलन गर्ने मिति समेत घोषणा गरेको थियो । तर, भारत–पाकिस्तानबीच तनाव बढेपछि भारतले सम्मेलनमा सहभागी नहुने जनायो । त्यसपछि सार्क शिखर सम्मेलनको नयाँ मिति घोषणा हुन सकेको छैन ।

पाकिस्तानले सार्क शिखर सम्मेलन आयोजना गर्न नसक्दा नेपालले अध्यक्षता हस्तान्तरण समेत गर्न सकेको छैन । “सार्क वडापत्रानुसार सार्क सदस्य राष्ट्रमध्ये एकको राष्ट्रध्यक्ष तथा सरकार प्रमुख मात्र सहभागी हुन नसके पनि सम्मेलन हुन नसक्ने व्यवस्था छ । यसैकारण सार्क शिखर सम्मेलन हुन सकेको छैन,” परराष्ट्रमन्त्री राणाले भनिन् ।

समिति बैठकमा सांसदहरूले सार्क निष्क्रिय भएको र प्रगति के छ ? भन्दै प्रश्न गरेका थिए । सार्क शिखर सम्मेलन नभए पनि अरू प्राविधिक समितिका बैठक निरन्तर बस्दै आएको उनले बताइन् ।

यसै वर्ष संयुक्त राष्ट्रसंघको महासभाको ‘साइडलाइन’मा नेपालले सार्क परराष्ट्रमन्त्रीहरूको बैठक राख्न खोजे पनि भारतका कारण हुन नसकेको उनले सुनाइन् । “हामी अप्ठ्यारो अवस्थामा छौँ । हामीले भनेर मात्र हुँदैन । हाम्रो नियन्त्रणमा छैन सार्क,” उनले भनिन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro