site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेसविरुद्ध पहिलो दिन बलिङ, ब्याटिङ दुवैमा अब्बल आर्मी

काठमाडौं । जय ट्रफी पुरुष इलाइट कपको पाँचौँ खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध पहिलो दिन मधेस प्रदेश ‘फलोअन’मा १२१ रनले पछि परेको छ ।

शनिबार पर्साको वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा आर्मीले इनिङ समाप्तिको घोषणा गर्नुअघि नौ विकेट गुमाएर २२५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको मधेसले पहिलो इनिङमा १०२ रन मात्र बनाउन सक्यो । त्यसपछि आर्मीबाट फलोअन पाएको मधेसले एक ओभरमा दुई रन बनाउँदा अम्पायरले दिनको अन्त्य गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पहिलो इनिङमा आर्मीका दुई ब्याटरले अर्धशतक बनाए । बसिर अहमेद र भीम सार्कीले क्रमशः ६७ रन ५२ रनको योगदान गरे । इम्रान शेखले ४२ रन थपे । अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीले पहिलो इनिङमा २९ अतिरिक्त रन पाएको थियो ।

आर्मीविरुद्ध मधेसका रञ्जीत कुमारले पाँच विकेट लिए । १६.३ ओभर बलिङ गरेका रञ्जीतले तीन मेडन फ्याँक्दै पाँच विकेट लिएका हुन् । प्रदीप पासवानले दुई र अभिषेक तिवारी र हरिशंकर साहले समान एक विकेट लिए ।

पहिलो इनिङमा मधेसका कप्तान हरिशंकर साहले सर्वाधिक ३१ रन बनाए । अभिषेक तिवारीले १३, मयन यादवले ११ र प्रदीप पासवानले १० रन थपे ।

मधेसलाई सस्तैमा समेट्न आर्मीका साहब आलमले ६ विकेट लिए । साहबले १२ ओभरमा पाँच मेडन फ्याँक्दै ३७ रन खर्चिए । सोमपाल कामी, आकाश चन्द, बसिर अहमेद र पवन कार्कीले समान एक विकेट लिए । 

दोस्रो इनिङमा मधेसबाट हाल हिमांशु दत्त दुई रन र मयन यादव शून्यमा छन् ।

प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन् । पहिलो खेलमा मधेस र वाग्मती प्रदेशले ‘ड्र’ खेलेका थिए । मधेसले दोस्रो खेलमा नेपाल पुलिससँग एक इनिङ र ३५ रनको हार व्यहोरेको थियो । आर्मीले यसअघि पुलिस र वाग्मतीसँग ‘ड्र’ खेलेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro