site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
घरेलु मैदानमा जितसहित लिभरपुल चौथो चरणमा

काठमाडौं । चौथो डिभिजनको एक्रिंगटन स्टेनली एफसीविरुद्ध ४–० को सहज जित निकाल्दै प्रिमियर लिग लिडर लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

शनिबार घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा, ट्रेन्ट एलेक्सनेन्ड आर्नोल्ड, जेडन डान्स र फेडेरिको चेइसाले गोल गरे । लिभरपुलले पहिलो र दोस्रो हाफमा समान दुई गोल गरेको हो ।

खेलको २९औँ मिनेटमा जोटाको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । ४५औँ मिनेटमा आर्नोल्डले टोलीको अग्रता दोब्बर बनाए । डान्सले ७६औँ मिनेटमा लिभरपुलका निम्ति तेस्रो गोल गरे । निर्धारित समयको अन्तिम मिनेटमा चेइसाले गोल गर्दै टोलीलाई ४–० को सहज जित दिलाए ।

जितसँगै चौथो चरणको यात्रा तय गरे पनि लिभरपुलको प्रतिद्वन्द्वी निश्चित भइसकेको छैन । प्रिमियर लिगमा भने शीर्ष स्थानमा आसीन लिभरपुलले १९ खेलबाट ४६ अंक जोडेको छ ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २१:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro