अर्थ व्यवसाय
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार १८.१४ अंकले घटेको छ । नेप्से ०.६८ प्रतिशतले घटेर २६३५.०९ को विन्दुमा पुगेको छ ।
आज ७ अर्ब ३० करोड रुपैयाँमा एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ । ५५ कम्पनीको सेयर मूल्य बढेको छ । १८० कम्पनीको सेयर मूल्य घट्दा ७ को स्थिर छ ।
सबैभन्दा धेरै कमाउनेमा आज बराही हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, सप्तकोसी विकास बैंकको सेयर सबैभन्दा धेरै ९.२३ प्रतिशतले घटेको छ ।
कारोबारमा रहेका १३ मध्ये होटेल क्षेत्रको समूगत परिसूचक मात्रै बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ १५:५३
प्रतिक्रिया दिनुहोस्