site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रान्सको प्रशिक्षण जिम्मेवारी छाड्ने डेसच्याम्प्सको घोषणा

काठमाडौं । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले सन् २०२६ को फिफा विश्वकपपछि टोलीको जिम्मेवारी छाड्ने घोषणा गरेका छन् । उनले बिहीबार विश्वकपको आगामी संस्करणपछि फ्रान्सको जिम्मेवारी छाड्ने घोषणा गरेका हुन् ।

तर, फ्रान्स अझैसम्म विश्वकपको आगामी संस्करणका निम्ति छनोट भने भइसकेको छैन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पछिल्लो समय फ्रान्सको मुख्य प्रशिक्षकमा जिनेदिन जिदान आउने चर्चा उच्च छ । फ्रान्स फुटबल फेडेरेसनले पनि डेसच्याम्प्सले जिम्मेवारी छोड्ने बताएको तर अहिले नै उनको स्थानमा को आउँछन् भन्नु हतार हुने जनाएको छ । डेसच्याम्प्स फ्रान्सेली टिमबाट सबैभन्दा लामो समयसम्म प्रशिक्षण जिम्मेवारी सम्हाल्ने प्रशिक्षकसमेत हुन् ।

“सन् २०२६ मा यो समाप्त हुनेछ । मेरो मस्तिष्कमा यो कुरा स्पष्ट छ । मैले फ्रान्सलाई सधैँ उच्चस्तरमा राख्ने लगाब र चाहनाअनुसार आफ्नो काम गरे,” डेसच्याम्प्सले भने ।

सन् १९९८ मा फ्रान्सले विश्वकपको उपाधि जित्दा डेसच्याम्प्स टिमका महत्त्वपूर्ण सदस्य थिए । खेलाडीको रूपमा विश्वकप जितेका डेसच्याम्प्सले सन् २०१८ मा प्रशिक्षकको रूपमा फ्रान्सलाई विश्वकप जिताएका थिए । उनी सन् २०१२ मा फ्रान्सको जिम्मेवारीमा आएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro