site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ च्याम्पियनसिप नयाँ संरचनामा हुने, क्लब प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले यस वर्ष हुने साफ च्याम्पियनसिपको होम एन्ड अवे संरचनामा आयोजना गर्ने भएको छ । साफको बिहीबार नेपालमा बसेको कार्यसमिति बैठकले यस वर्ष जुन १५ देखि जुलाई २५ सम्म प्रतियोगिता आयोजना मितिसमेत निर्धारण गरेको हो ।

यस्तै, बैठकले साफका निश्चित प्रतियोगिताको मार्केटिङ अधिकार स्पोटफाइभलाई प्रदान गरेको छ । “हामी प्रतियोगिताको होम एन्ड अवे संरचनालाई कायम राख्न सक्दो प्रयास गर्नेछौँ । तर, पछि त्यसमा केही समस्या आएमा हामी यस वर्षको प्रतियोगिता मध्यस्थ भूमिमा आयोजना गर्नेछौँ,” साफका महासचिव अन्वरुल हकले बैठकपछि भने । 

Dabur Nepal
NIC Asia

बैठकले साफ प्रतियोगिताको इतिहासमा पहिलोपटक क्लब च्याम्पियनसिप आयोजना गर्ने निर्णयसमेत गरेको छ । जसअनुसार प्रतियोगिताको पहिलो संस्करणमा आठ टिमको सहभागिता हुनेछ । प्रतियोगिताका निम्ति एएफसी क्लब वरीयताको शीर्ष स्थानमा रहने राष्ट्रबाट दुई क्लबले सहभागिता जनाउन पाउनेछन् ।

यस्तै, बैठकले महिला क्लब प्रतियोगिता–२०२५ र साफ यू–२३ प्रतियोगिता २०२६ मा आयोजना गर्ने निर्णय गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ११:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro