site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा सवारी दुर्घटनामा एक वर्षमा एक लाख ८० हजारको मृत्यु

नयाँ दिल्ली । सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ ।

भारतका सडक यातायात तथा राजमार्गमन्त्री नीतिन गडकरीले सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको जानकारी बुधबार दिए । 

उनका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेमध्ये ६६ प्रतिशत १८ देखि ३४ वर्ष उमेर समूहका रहेका छन् । मृत्यु हुनेमा करिब १० हजार विद्यालयमा अध्ययनरत छात्रछात्रा रहेको उल्लेख गर्दै उनले विद्यालय तथा अन्य शैक्षिक संस्थाअगाडि यातायातको उचित व्यवस्था नहुँदा मृत्यु भएको बताए । 

गडकरीले मानव जीवन बचाउनका लागि सडक दुर्घटनाका पीडितहरूको नगदरहित उपचारको नयाँ योजना सुरु गरिएको पनि बताए । उनले भने, “सडक दुर्घटनामा परी घाइते भएकाहरूको नगदरहित उपचारका लागि हामीले नयाँ योजना सुरु गरेका छौं ।” 

दुर्घटनालगत्तै २४ घन्टाभित्र प्रहरीमा सूचना जाँदा भर्ना भएका बिरामीको सात दिनको उपचार खर्च वा उपचारको लागि अधिकतम एक लाख ५० हजार भारतीय रुपैयाँ (एक हजार ७४७ अमेरिकी डलर)सम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

सडक दुर्घटनाका घटनामा मृत्यु भएका व्यक्तिका लागि दुई लाख भारतीय रुपैयाँ (दुई हजार ३०० अमेरिकी डलर) पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ । रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro