site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५२५ किलोमिटर रेन्जको एमजी ईएस५ ईभी एसयूभी, कहिले आउला नेपाल ?

काठमाडौं । एमजीको पछिल्लो विद्युतीय सवारी (ईभी) ईएस५ विश्व बजारमा बिक्री भइरहेको छ । चिनियाँ बजारमा यो कम्प्याक्ट ईभी एसयूभीले किफायती, व्यावहारिक र ड्राइभिङ डाइनामिक्सका लागि चर्चा पाइरहेको छ ।

अत्याधुनिक सुविधा र स्पोर्टी प्रदर्शनसहितको गाडी १६ हजारदेखि २० हजार अमेरिकी डलर मूल्यमा चिनियाँ बजारमा उपलब्ध छ ।

एसएआईसीको नेबुला प्लेटफर्ममा निर्मित यो रियर ह्विल ड्राइभ (आरडब्ल्यूडी)मोडेलमा पाँच फरक सस्पेन्स सिस्टम छन् ।इन्फोटेनमेन्ट सिस्टमका लागि होराइजन जे३ चिपसेट र १०.२५ इन्चको स्क्रिन गाडीमा छ ।

गाडीले प्रति एकसय किलोवाटमा १७ किलोवाट आवर ऊर्जा खपत गरेको छ । एमजी ईएस५ मा १२५ किलोवाटको रियर मोटर छ ।

यो गाडी ४२५ किलोमिटर, ५१५ किलोमिट र ५२५ किलोमिटर गरी तीन फरक रेन्जमा उपलब्ध छ ।

गाडी ४९.१ र ६२.२ किलोवाटआवरको ब्याट्री प्याक विकल्पमा उपलब्ध छ । नेपालीमा बजारमा आउने मिति र मूल्य कति होला भन्ने विषय भने हाल जानकारी छैन ।

नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोर्टस रहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro