site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
भूकम्पलाई प्रेमपत्र

भूकम्प तिमीलाई  सम्झना  छ ?   आज धेरैपछि तिमीसँग साक्षात्कार गर्ने अवसर मलाई फेरि मिलेको छ । मलाई त सम्झ्ना छ तिमी पहिलोपटक भेटघाट भएको  २०७२ सालको त्यो पल । त्यो पल तिमीसँग यादगार भएको थियो । तिमी त बैशाख १३ मा सिन्धुपाल्चोकमा र जेठ १९ मा दोलखा पनि आएका थियौ रे । तर त्यतिबेला म पश्चिम नेपालगन्जमा थिएँ । मैले  साथीभाइबाट थाहा पाएको थिएँ । 
 
 सिन्धुपाल्चोक र दोलखाका बासिन्दाले तिमीलाई बिर्सिनै सकेका छैनन् नि । थाह छ तिमीलाई ? तिमी अचानक आउँदा, कोही सुतेका थिए, कोही घरमा कामकाजमा व्यस्त  । आउने थाहा पाएका भए तिम्रो स्वागत गर्न गाउँले सबै जना ठूलो चौरमा भेला हुने थिए ।  सिन्धुपाल्चोक, दोलखा, गोर्खाका कैयौं बासिन्दाले अब तिमीलाई स्वागत गर्नै  नपाउने भए । किनभने उनीहरू अहिले परलोकमा पुगेका छन् । के तिमी परलोकमा पनि  जान्छौ ? 
अनि सिन्धुपाल्चोक, दोलखा,गोर्खा र अन्य ठाँउका घरहरूले  तिमी आएकौ खुसी धाम्नै सकेनन् । सबै ढले । अहिले त त्यहाँका बासिन्दा  तिमी अन्य ठाँउमा, अन्य देशमा गएको समाचार आउँदा पनि झसङ्ग हुन्छन् ।  तिमी त उनिहरूको मानसपटलमा टाँसिएर बसेका छौ । 

अनि तिमीले मलाई २०७९ सालमा भने नेपालगन्जमा नभेटी जाजरकोट पुगेछौ हगि ? त्यो बेला तिमी आएको थाहै भएन । तिमी जाजरकोट पुगेको समाचार पढेर थाहा पाएको हुँ ।  पूर्वको भ्रमणपछि तिमी त्यता लागेका रहेछौ क्यारे ! 

केन्द्रविन्दु जाजरकोट

भूकम्प जी तिमीलाई थाह छ ? तिम्रो जाजरकोट र रुकुम भ्रमणपछि केही सकारात्मक परिबर्तन पनि भएका छन् नि ! तिमीलाई स्वागत गर्दा धाम्न सक्ने भूकम्प प्रतिरोधक घर निर्माण सुरु भएका छ्न् ।  विसं २०७२ मा तिमी आएपछि नेपालभर नै भूकम्प प्रतिरोधात्मक घर बनाउने अभियानै चलिरहेको छ ।  

तिम्रो भ्रमण नहुँदा खाने पानीको दु:ख थियो । पानी लिन गाग्री बोकेर धेरै पर जानूपर्थ्यो । पानी फोहोर पनि हुन्थ्यो । तिम्रो भ्रमणपश्चात् प्रभावित गाउँमा  हरेक  घरमा 'एक घर एक धारा' कार्यक्रम चलेको छ । स्वच्छ पानी बोक्न धेरै टाढा जानु नपर्ने भएको छ । धन्यवाद दिनुपर्ला तिमीलाई ! 

जागिरको अवसर 

प्यारा भूकम्प तिम्रै कारण मैले रोजगारको अवसर पनि पाएँ ।

विसं २०७२ को भूकम्पमा, पुनर्निर्माण प्राधिकरणअन्तर्गतको विद्यालय भवन पुनर्निर्माणमा अवसर र अनुभव प्राप्त गरेँ । र २०७९ को भूकम्पमा खानेपानी क्षेत्रमा 'वास' कार्यक्रमअन्तर्गत अवसर र अनुभव हासिल भएको छ । हार्दिक आभार भूकम्प तिमीलाई ! 

विसं २०७२  पछि पनि तिमी पटकपटक  ४ रेक्टर स्केलमा २३८ पटक भन्दा बढीसम्म आइरहेकैछौ ।  कतिपय समय याद भयो र कतिपय भएन ।  त्यसपछिका दिनहरूमा तिमी अलि निकट भएर आएनौ ।  सायद अन्तै व्यस्त   थियौ होला । मिडियामा तिमीले अन्यत्र भ्रमण गरेको समाचार सुनिरहन्थेँ र बिर्सन सकेको थिइन ।

केही भाग्यमानी देश 
साउदी अरब, कतार, एस्टोनिया, फिनल्यान्ड, माल्टा, नाइजेरिया, स्विटजर्ल्यान्ड, आइसल्यान्ड, बारबाडस कति भाग्यमानी ।  टेक्टोनिक प्लेटहरूको किनाराबाट टाढा रहेका क्षेत्रमा पर्ने भएकोले भूकम्पको न्यून जोखिम रहेछन् ।

पुस २३ गते बिहान 
   
पुस २३ गते बिहान तिमीसँग धेरै समयपश्चात् भेट हुन पुग्यो । थाहा नदिई आउने तिम्रो बानी पनि  कहिल्यै नहट्ने भयो । रातमा ढिलो सुतेकोले तिमी आउँदा म ओछ्यानमै थिएँ । सायद आज अलि लामो समय नै आयौ तिमी ।  साक्षात्कार गर्ने अवसर मिल्यो । आज तिमी आएकोले जनमानसले फेरि सर्तकताको अर्थ सम्झेको हुनुपर्छ । तिमीलाई धाम्न सक्ने अर्थात् भूकम्प प्रतिरोधात्मक घर बनाउन हिच्किचाउनेहरूले पनि अहिले सर्तकता अपनाइरहेका छन् । तिम्रो आकस्मिक भ्रमणको मर्म र महत्त्व नबिर्सुन् भनेर होला तिमी थाहै नदिई आइरहन्छौ ।  बेलाबेलामा सम्झाए पनि आजजस्तो लामो समयसम्म  साक्षात्कार गर्ने अवसर नदिनु है अब ।  

(अनामनगर काठमाडौं)
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro