site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तराईका अधिकांश स्थानको भिजिविलिटी हजार मिटरभन्दा कम, काठमाडौंको कति ? 
फाइल तस्बिर ।

काठमाडौं । देशभर आज मुख्यतया मौसम सफा रहनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । 

बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात सेवामा क्षणिक/आंशिक असर पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

तराईका धैरै स्थानमा एक हजार मिटरभन्दा कम भिजिविलिटी रहेको छ । 

“विराटनगर, धनगढी, जनकपुर, वीरगन्जलगायत स्थानमा एक हजारभन्दा कम भिजिविलिटी छ,” मौसमविद् सरोज पुडासैनी बाह्रखरीसँग भन्छन्, “भिजिविलिटी न्यून भएकाले हवाई सेवा प्रभावित हुने सम्भावना छ । तराईका अधिकांश स्थानमा फग छ । यसले यातायात सेवामा असर पर्छ ।” 

काठमाडौंमा बिहान ६ बजेको भिजिविलिटी ६ हजार मिटर छ । यसले भने विमान उडान र अवतरणमा खासै असर गर्दैन । 

घाम लाग्दै गएपछि मध्याह्नसम्म तराई र उपत्यकामा रहेको हुस्सु र कुहिरो हट्दै जानेछ । 

एक हजारभन्दा कम भिजिविलिटी भए कुहिरो र एक हजारदेखि माथि पाँच हजारसम्म फग भए त्यसलाई हुस्सु भन्ने गरिएको मौसमविद् पुडासैनीको भनाइ छ । त्यसैले हुस्सुभन्दा कुहिरोले यातायात सेवामा असर पुर्याउँछ । 

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ । 

यसैबीच, आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा छ । 

दिउँसो र राति कोसी प्रदेशमा आंशिक बदली हुनेछ । बाँकी प्रदेशका मौसम सफा रहने मौसमविद् पुडासैनीले जानकारी दिए । 

“आजबाट मौसम सफा हुनेछ । हिजोसम्म वर्षा र हिमपात भए पनि आजबाट देशभरको मौसम खुलेको हो,” उनले भने । 

मंगलबार काठमाडौंमा वर्षाको पूर्वानुमान गरिएको थियो । पूर्वानुमानअनुसार काठमाडौंका दुई ठाउँमा वर्षामापन स्टेसनमा वर्षामापन भएको छ । 

मौसमविद् पुडासैनीका अनुसार धापड्याममा ५ मिलिमिटर र बूढानीलकण्ठमा २.५ मिलिमिटर वर्षामापन भएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ०६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro