site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधान संशोधन ०८७ मा मात्रै हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका छन् । केन्द्रीय कमिटीको बैठकको समापन गर्दै ओलीले यस्तो बताएका हुन् । केन्द्रीय कमिटीको बैठकमा १५५ जना सदस्यले आफ्ना धारणा राखेका थिए ।

उनीहरुको जवाफ दिने क्रममा ओलीले संविधान संशोधनको अवस्था नरहेको बताएका हुन् ।

उनको भनाई उद्धृत गर्दै एक नेताले भने, “संविधान संशोधन ०८७मा मात्रै हुन्छ । तपाईंहरुले पनि राष्ट्रिय सभाको संख्या देख्नुभएको छ ।”
 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्