site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
४९.१२ अंकले बढ्यो नेप्से, साढे एक अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४९.१२ अंक बढेर बन्द भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको हो ।

सोमबार नेप्से परिसूचक १.८९ प्रतिशतले बढेर २,६४०.६८ विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

आइतबार चार अर्ब ८६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । आइतबारको तुलनामा सेयर कारोबार रकम एक अर्ब ४४ करोड ५२ लाख रुपैयाँले बढी हो ।

आज २२६ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । १२ कम्पनीको सेयरमूल्य घटेको छ । चार कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको छ । परिसूचक सर्वाधिक वृद्धि हाइड्रोपावर समूहको भएको छ । यो समूहको परिसचुक ३.५५ प्रतिशतले वृद्धि भएको हो ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro