site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बच्चाको पढाइ कमजोर भए दबाब होइन मानसिक स्वास्थ्य जाँच गराऔँ, एसएलडी हुनसक्छ
तस्बिर : युनिसेफ ।

काठमाडौं । कतिपय अभिभावकले बालबालिकालाई पढाइमा कमजोर भएकै आधारमा विभिन्न शारीरिक र मानसिक दबाब दिने गरेको पाइन्छ । कतिपयले धम्की वा फकाइफुलाई उनीहरूलाई पढाइमा केन्द्रित गर्न खोजेको देखिन्छ । कमै अभिभावकले मात्रै पढाइमा कमजोर हुनुमा मानसिक समस्या जोडिएको छ भनेर सोच्छन् । 

बच्चाले विद्यालयमा पढाएको कुरा घरमा आएर लेख्न सक्दैन, पढ्दैजाँदा बीचबीचका अक्षर छुटाउँछ, गणितका हिसाब गर्ने क्रममा जोड्नुपर्ने अंकलाई घटाउ, भाग गर्नुपर्नेलाई गुणा गरिदिन्छ । ठूलो कक्षामा पुगिसक्दा पनि स्पेलिङ बिगार्छ अथवा उस्तै शब्दहरूको स्पेलिङ एउटै लेख्छ । बालबालिकामा यस्ता लक्षण देखिएमा स्पेसिफिक लर्निङ डिस्अर्डर (एसएलडी)को समस्या हुनसक्छ । 

के हो स्पेसिफिक लर्निङ डिस्अर्डर ?
क्लिनिकल साइकोलोजिस्ट डा.तृष्णा बिष्ट कुँवरका अनुसार स्पेसिफक लर्निङ डिस्अर्डर कुनै मानसिक रोग नभइ बालबालिकामा हुने एक प्रकारको असामान्य वौद्धिक अवस्था हो । यस्तो समस्या भएका बालबालिकाले सामान्यसरह पढाइएका कुरा सिक्न, पढ्न र लेख्न सक्दैनन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विशेषगरी प्री–स्कुलदेखि माध्यमिक तहसम्मका बालबालिकामा यो समस्या देखिन्छ । स्पेसिफिक लर्निङ डिस्अर्डर मुख्यतः तीन प्रकारको हुन्छ । यीनै तीनवटा माध्यमबाट बालबालिकामा एसएलडीको समस्या भएको पहिचान पनि गर्न सकिन्छ ।
  
१. डिस्लेक्सिया : डिस्लेक्सिया स्पेसिसफक लर्निङ डिस्अर्डरअन्तरगत पर्ने एक समस्या हो । बालबालिकाले पढ्ने अथवा उच्चारण गर्ने क्रममा यो समस्या पहिचान गर्न सकिन्छ । डिस्लेक्सिया भएका बालबालिकाले पढ्ने क्रममा शब्द अथवा अक्षर स्पष्ट उच्चारण गर्न सक्दैनन् ।

उस्तै अक्षरहरू भए एउटै उच्चारण गर्ने, वाक्यमा बीचका शब्दहरू छुटाउने समस्या यस्ता बालबालिकामा देखिन्छ । सामान्य बालबालिकासरह पढ्ने, सिक्ने र हेर्ने क्रममा सहभागी भए पनि यस्ता बालबालिकाले पर्याप्त सिक्न सक्दैनन् । यो समस्याले गर्दा बालबालिकालाई पछिसम्म पनि भाषामा समस्या हुनसक्छ ।

२. डिस्ग्राफिया : डिस्ग्राफिया बालबालिकाको लेखाइमा देखिने समस्या हो । यस्ता बालबालिकाले स्पेलिङमा धेरै गल्ती गर्छन् । उस्तै शब्दहरूको स्पेलिङ एउटै लेख्ने अगाडि या पछाडिको अक्षर गल्ती लेख्नेजस्ता लक्षण देखिएमा उनीहरूमा यो समस्या भएको पहिचान गर्न सकिन्छ । 

डिस्ग्राफिया समयमा पहिचान नभएमा ठूलो तहमा पुग्दासम्म पनि उनीहरुले आफ्नो बानी सुधार गर्न सक्दैनन् । 

३.डिस्क्याल्कुलिया : डिस्क्याल्कुसलिया भएका बालबालिका गणित विषयमा कमजोर देखिन्छन् । सामान्य जोड, घटाउ, गुणा भाग गर्ने क्रममा उनीहरूले संकेत उल्टोपाल्टो गर्छन् । 

जस्तै जोड्ने क्रममा घटाउने, एउटै हिसाबमा दुईवटा संकेत प्रयोग गर्नेजस्ता लक्षण यी बालबालिकामा हुन्छ । ठूला बालबालिकामा भने सुत्र प्रयोग गर्ने, ग्राफहरू बनाउने क्रममा पनि समस्या देखिनसक्छ । 

कसरी हुन्छ स्पेसिफिक लर्निङ डिसअर्डर ? 
डा. बिष्टका अनुसार बालबालिकाको उमेरअनुसार ध्यानकेन्द्रित गर्नसक्ने क्षमता हुन्छ । प्राथमिक तहका बालबालिकाको ध्यानकेन्द्रित गर्नसक्ने क्षमता एकपटकमा १० देखि १५ मिनेटसम्म हुन्छ ।

लामो समयसम्म कक्षा सञ्चालन गर्दा बालबालिकामा ध्यानकेन्द्रित गर्ने क्षमता भंग भइसकेको हुन्छ  । र, उनीहरूले पढाएका सबै कुरा सिक्न सक्दैनन् भन्ने तथ्य विभिन्न अध्ययनले देखाएको छ ।  

सबै बालबालिकामा सुन्न र सिक्नसक्ने क्षमता फरकफरक हुन्छ । सँगै उनीहरूले सिक्ने तरिका पनि फरक हुन्छ । कसैलाई भनेको आधारमा उनीहरूले सिक्नसक्छन् भने कसैलाई देखाएर सिकाउनुपर्ने हुन्छ । केही बालबालिकामा भने प्रयोग गरेपछि मात्रै नयाँ कुरा सिक्नसक्ने क्षमता हुन्छ ।

त्यसैले धेरै बालबालिकालाई एकै ठाउँमा राखेर एउटै तरिकाले सिकाउँदा बालबालिकामा यस्ता समस्या देखिन सक्छ । त्यस्तै बालबालिकालाई सानै उमेरमा विद्यालय भर्ना गरिदिँदा पनि उनीहरूको सिक्ने क्षमता विकास भइनसकेको अवस्थामा पनि एसएलडीको समस्या देखिनसक्ने डा. बिष्ट बताउँछिन् । 

के हुन्छ समाधानको उपाय ? 
स्पेसिफिक लर्निङ डिस्अर्डरलाई धेरै अभिभावक तथा शिक्षकले बालबालिका अल्छी भएको वा अटेरी भएको रूपमा बुझ्ने गरेको डा. बिष्ट बताउँछिन् । बालबालिकामा भएको यस्तो समस्याको सही पहिचान नहुँदा उनीहरूलाई पढाइका लागि दबाब दिने गरिएको देखिन्छ । 

केही बालबालिकालाई मानसिक रोगी भएको आशंकामा अभिभावकले मनोचिकित्सककहाँ पुर्याएका घटना पनि बिष्टको अनुभवमा छन् । 

एसएलडी आफैँमा मानसिक समस्या नभए पनि सिक्न नसकेकै कारण अभिभावक र शिक्षकले दिने दबाबले उनीहरूमा डिप्रेसन, नकारात्मक निर्णय लिनसक्ने अवस्था आउनसक्छ । 

समयमै बुझेर सही परामर्श दिनसके निश्चित अवधपिछि यो समस्या समाधान हुन्छ । त्यसका लागि अभिभावक र विद्ययालमा नजिक रहेका शिक्षकको ठूलो भूमिका हुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ०७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro