
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैले तुरुन्त तेहरान खाली गर्र्नु भनेको केही समयपछि इरानको राजधानी तेहरानमा विस्फोटहरू भएका छन् ।
इजरायली सेनाले इरानले आफ्नोतर्फ मिसाइल प्रक्षेपण गरेको पहिचान गरेपछि यो नयाँ आक्रमण भएको बीबीसीले जनाएको छ ।
इजरायलका रक्षा प्रणालीहरूले यस खतरालाई रोक्ने प्रयास गरिरहेका छन् ।
इरानी मिडियालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले बताए अनुसार इरानको राजधानी तेहरानमा धेरै विस्फोट र आकासमा मिसाइलहरूको लप्का देखिएको बताएको छ ।
यसैबीच, इरानी मिडियाले इरानको मध्ये भागमा रहेको नातान्जमा वायु रक्षा प्रणाली सक्रिय भएको जानकारी दिएको छ । नातान्ज एक महत्वपूर्ण परमाणु सुविधा रहेको स्थान हो जुन इजरायली आक्रमण सुरु भएदेखि नै इजरायलको आक्रमणको लक्ष्य बनेको छ ।
नातान्ज राजधानी तेहरानको करिब २२५ किलोमिटर दक्षिणमा अवस्थित छ ।
यसअघि, इजरायलले सोमबार राति तेहरानको उत्तर–पूर्वी भागका बासिन्दाहरूलाई क्षेत्र खाली गर्न आग्रह गरेको थियो । यसको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजाल माध्यम ‘ट्रुथ सोसल’मा सबैले तुरुन्त तेहरान खाली गर्र्नु भनेर पोष्ट गरेका थिए । बीबीसी