site stats
बाह्रखरी :: Baahrakhari
देश
चल्न थाले गाडी, सहज बन्दै आवागमन
Argakhachi Cement Island Ad

काठमाडौं । यातायात व्यवसायीको आन्दोलन फिर्ता भएसँगै आजदेखि निर्वाधरूपमा सार्वजनिक सवारीसाधन चल्न थालेका छन् । बिहानैदेखि गाडीहरू यात्रुहरू बोकेर गन्तव्यतर्फ गइरहेका छन् । काठमाडौं उपत्यकामा चल्ने छोटो दुरीका सवारीसाधन पनि बिहानैदेखि चलिरहेका छन् ।

मंगलबार अपराह्नतिर गण्डकी सरकारले विवादित नियमावली एक महिनाका लागि स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यवसायी हडतलाबाट पछि हटेका हुन् । केन्द्र सरकारको पत्रपछि गण्डकीले एक महिनाका लागि नियमावली स्थगन गरेको हो ।

गण्डकी सरकारले राइड सेयरिङलाई वैधता दिने गरी नियमावली ल्याएपछि यातायात व्यवसायी आन्दोलित बनेका थिए । उनीहरूले देशभर दुई दिन यातायात ठप्प पार्दा जनजीवन नै प्रभावित बनेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्