site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी इतिहासकै सबैभन्दा ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद

काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)ले भर्जिनियाको एक फार्मबाट १५० वटा बम बरामद गरेको छ । यो अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरिएको घटना हो ।

आइल अफ वाइट काउन्टीका ब्राड स्पाफोर्ड नामका एक व्यक्तिलाई डिसेम्बर १७ मा पक्राउ गरिएको थियो । उनले हतियार र गोलाबारुद संकलन गरिरहेको जानकारी एफबीआईले प्राप्त गरेपछि उनलाई पक्राउ गरिएको थियो । 

अभियुक्तको घरको सुत्ने कोठामा भेटिएको एक झोलामा ‘नो लाइभ्स म्याटर’ लेखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । ‘नो लाइभ्स म्याटर’ अमेरिकामा अति दक्षिणपन्थी र सरकार विरोधको सन्दर्भमा प्रयोग गरिन्छ ।

ब्राडका वकिलले उनीमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।

बीबीसीबाट ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro