अर्थ व्यवसाय

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा सुनको मूल्य १४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य बुधबार स्थिर छ । आज चाँदी प्रतितोला मंगलबारकै मूल्य एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ १०:४३
प्रतिक्रिया दिनुहोस्