site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुन्छ : अध्यक्ष ढकाल
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुनसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले सरकारले यस क्षेत्रका मुद्दाहरू सम्बोधन गरेर व्यावसायिक गतिविधि बढ्यो भने मात्रै आर्थिक सुधार हुने बताए । आर्थिक गतिविधि र रोजगारी सिर्जना, राजस्व वृद्धि र समग्र आर्थिक विकासको लागि निजी क्षेत्रले काम गर्नसक्यो र काम गर्ने वातावरण सबै क्षेत्रले दिनसक्यो भने मात्रै सम्भव रहेको उल्लेख गरे । निजी क्षेत्रलाई व्यवसायी वातावरण बनाउन सरकारले विद्यमान ऐन कानुनहरूलाई परिमार्जन गर्न आवश्यक रहेको बताए ।

उनले भने, "उद्योग वाणिज्य, भन्सार, वन लगायतका विद्यमान ऐन कानुन र नीतिहरू छन् । ती नीतिहरुरू जबसम्म परिमार्जन गर्न सक्दैनौँ तबसम्म आर्थिक गतिविधि बढाउने र मुलुकमा लगानीको वातावरण बन्न सक्दैन । त्यसका लागि सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्नुपर्छ ।"

उनले सरकारले बनाएको उच्चस्तरीय आर्थिक सुधार आयोगले विद्यमान ऐनहरू सुधारको लागि सुझाव दिने बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro