site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेलकुदमा वर्ष २०२४ : यी हुन् सात चर्चित अन्तर्राष्ट्रिय प्रतियोगिता र विजेता

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२५ बुधबारदेखि सुरु हुँदा २०२४ विश्व खेलकुदको परिप्रेक्षमा उपलब्धिमूलक रह्यो । यो वर्ष क्रिकेटको ट्वान्टी–२० विश्वकपले नयाँ विजेता पायो । युरो–२०२४, कोपा अमेरिका र अफ्रिका कप अफ नेसन्स गरी तीन महादेशीय फुटबल प्रतियोगिताले पनि विजेता पाए ।

फ्रान्सको राजधानी पेरिसमा आयोजित ओलम्पिक र पारालम्पिक २०२४ को विशेष प्रतियोगिताका रूपमा रहे । तिनैमध्येका प्रमुख सात प्रतियोगितालाई यहाँ समेटिएको छ ।

अफ्रिका कप अफ नेसन्स (जनवरी १३ – फेब्रुअरी ११)
अफ्रिकाको महादेशीय फुटबल प्रतियोगिताका रूपमा रहेको अफ्रिका कप अफ नेसन्सले गएको फेब्रुअरीमा नयाँ च्याम्पियन पायो । आइभेरी कोस्टले उपाधि जित्यो । प्रतियोगिताको आयोजक समेत रहेको आइभेरी कोस्टले फाइनलमा नाइजेरियाविरुद्ध २–१ को जित निकाल्दै तेस्रोपटक उपाधि उचालेको हो ।

Dabur Nepal
NIC Asia

a1-1735643222.jpg
प्रतियोगिता सन् २०२३ मा हुनुपर्ने थियो । तर, युरोपियन क्लबहरूसँग तालिका जुध्दा जनवरीमा गरियो । ३४औँ संस्करणको प्रतियोगितामा कुल २४ टिम सहभागी थिए । दक्षिण अफ्रिका तेस्रो र डीआर कंगो चौथो भए ।

आईसीसी यू–१९ क्रिकेट विश्वकप (जनवरी १९ – फेब्रुअरी ११)
दक्षिण अफ्रिकामा आयोजित आईसीसी यू–१९ क्रिकेट विश्वकपमा कुल १६ टिमको सहभागिता रह्यो । त्यसमा नेपाली युवा क्रिकेट टिम पनि छनोट भएको थियो । फेब्रुअरी ११ मा भएको प्रतियोगिताको १५औँ संस्करणको फाइनलमा भारतविरुद्ध तीन विकेटको जित निकाल्दै अस्ट्रेलिया च्याम्पियन बन्यो । अस्ट्रेलिया चौथोपटक विजेता बनेको हो ।

u1-1735643291.jpg
प्रतियोगिताको समूह चरणमा नेपालले भारत, न्युजिल्यान्ड र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो । भारत र न्युजिल्यान्डसित पराजित भए पनि नेपालले अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै सुपर ६ सम्मको यात्रा तय गरेको थियो । सुपर ६ मा भने नेपाल सबै खेलमा पराजित भयो ।

ट्वान्टी–२० विश्वकप (जुन १–२९)
सन् २०२४ मा आयोजित ट्वान्टी–२० विश्वकप नेपालका निम्ति अझ विशेष छ । नेपाल १० वर्षपछि ट्वान्टी–२० विश्वकपको मञ्चमा उक्लँदा वेस्ट इन्डिज र अमेरिकामा प्रतियोगिता आयोजना गरिएको थियो । यो संस्करणमा कुल २० टिम सहभागी भए ।

t1-1735643334.jpg
प्रतियोगिताको उपाधि जितेको भारतले फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराएको थियो । समूह ‘डी’मा रहेको नेपाल भने तीन खेलमा पराजित भयो । नेपाल समूह चरणका खेलमा नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकासँग एक रन र बंगलादेशसँग २१ रनले पराजित भएको थियो । नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।

युरो २०२४ (जुन १४ – जुलाई १४)
विश्व फुटबलको दोस्रो ठूलो महाकुम्भका रूपमा लिइने युरोपियन च्याम्पियसिपको १७औँ संस्करण जर्मनीमा आयोजना गरियो । युरोपियन महादेशीय यो फुटबल प्रतियोगितामा कुल २४ टिम सहभागी भए ।

afdgag-1735643385.jpg
जुलाई १४ मा भएको प्रतियोगिताको फाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को जित निकाल्दै स्पेन चौथोपटक युरो च्याम्पियन बन्यो । जर्मनीको बलिङमा आयोजित फाइनलमा स्पेनलाई जित दिलाउन निको विलियम्स र मिकेल ओयारजबलले गोल गरेका थिए । इंग्ल्यान्डका कोल पाल्मेरले एक गोल फर्काएका थिए ।

कोपा अमेरिका (जुन २० – जुलाई १४) 
युरोपियन च्याम्पियनसिपकै समानान्तर प्रतियोगिताका रूपमा लिइने अर्को फुटबल इभेन्ट हो, कोपा अमेरिका । दक्षिण अमेरिकी महादेशीय प्रतियोगिताका रूपमा रहेको यसको ४८औँ संस्करणको आयोजक राष्ट्र अमेरिका थियो । प्रतियोगितामा उत्तर र दक्षिण अमेरिकाका कुल १६ टिमले प्रतिस्पर्धा गरे ।

c1-1735643446.jpg
मियामीस्थित हार्डरक रंगशालामा भएको फाइनलमा कोलम्बियालाई हराउँदै अर्जेन्टिनाले लगातार दोस्रोपटक उपाधि जितेको थियो । फाइनलमा अर्जेन्टिनाबाट लौटारो मार्टिनेजले निर्णायक गोल गरे । त्यसअघि सन् २०२१ मा आयोजित ४७औँ संस्करण पनि अर्जेन्टिनाले नै जितेको थियो ।

ओलम्पिक (जुलाई २६ – अगस्ट ११)
विश्व खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिताका रूपमा लिइने ओलम्पिक पनि गएको वर्ष सफलतापूर्वक सम्पन्न भयो । फ्रान्सको राजधानी पेरिसमा आयोजित यो प्रतियोगिताको नाम पेरिस–२०२४ थियो ।

खेलकुदको यो महाकुम्भमा विश्वभरका २०४ ‘टिम’को सहभागिता रह्यो । त्यसमा राष्ट्र, ओलम्पिक शरणार्थी टिम र व्यक्तिगत तटस्थ खेलाडी सहभागी भए ।

अगस्ट ११ सम्म सञ्चालित प्रतियोगितामा कुल १० हजार ७१४ खेलाडीको सहभागिता थियो । यसमा ३२ खेलका ३२९ इभेन्ट सम्पन्न भयो । पेरिस ओलम्पिकमा अमेरिका ४० स्वर्ण ४४ रजत र ४२ कांस्यपदकसहित शीर्ष स्थानमा रह्यो । ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित चीन दोस्रो भयो । २० स्वर्ण, १२ रजत र १३ कांस्य जितेको जापानले तेस्रो स्थान हासिल गर्‍यो ।

palesha-govarddhan1-1735643520.jpg
प्रतियोगितामा नेपालबाट सात खेलाडीले सहभागिता जनाएका थिए । यी सबै खेलाडीको उपलब्धि सहभागितामै सीमित रह्यो । नेपालबाट टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिस दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, जुडोकी मनिता प्रधान र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ सहभागी थिए ।

पारालम्पिक (अगस्ट २८ – सेप्टेम्बर ८)
अपांगता भएका खेलाडीले प्रतिस्पर्धा गर्ने ओलम्पिक इभेन्ट हो, पारालम्पिक । गएको वर्ष आयोजित उक्त प्रतियोगितामा २२ खेलका कुल ५४९ इभेन्ट समावेश थिए । विश्वभरका १७० ‘टिम’का चार हजार ४६३ खेलाडीले सहभागिता जनाए ।

पारालम्पिक पदक तालिकामा चीन शीर्ष स्थानमा रह्यो । चीनले ९४ स्वर्ण, ७६ रजत र ५० कांस्यसहित कुल २२० पदक जितेको थियो । दोस्रो स्थानको बेलायतले ४९ स्वर्ण, ४४ रजत र ३१ कांस्य जित्यो । ३६ स्वर्ण, ४२ रजत र २७ कांस्य जित्दै अमेरिका तेस्रो भयो ।

afagfmg-1735643684.jpg
प्रतियोगितामा नेपालबाट तीन खेलाडीले सहभागिता जनाएका थिए । तीनमध्ये तेक्वान्दोकी पलेशा गोवर्धनले नेपाललाई कांस्य दिलाइन् । ओलम्पिकको इतिहासमा नेपालले जितेको यो पहिलो पदक समेत हो । पलेशाबाहेक पारालम्पिकमा तेक्वान्दोमै भरतसिंह महता र पौडीका भीमबहादुर कुमालले प्रतिस्पर्धा गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ०६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro