राजनीति

काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूको बैठक बसिरहेको छ । प्रतिनिधिसभाको बैठकमा अबरोध गर्दे आएका विपक्षी दलहरूको बैठक बसिरहेको हो ।
बैठक सञ्चालन हुन दिने अथवा नदिने भन्ने विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ । जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न दिए पनि त्यसयता प्रतिनिधिसभाको बैठक विपक्षी दलको अबरोधका कारण बस्न सकेको छैन ।
गृहमन्त्री रमेश लेखकको नाम भिजिट भिसामा जोडिएपछि विपक्षी दलहरूले उनले राजीनामा दिएर छानबिनलाई सहयाेग गरिदिनुपर्ने माग गर्दै आएका छन् ।
प्रतिनिधिसभाको बैठक आज पनि दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर, अहिलेसम्म बस्न सकेको छैन ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२ १४:१०
प्रतिक्रिया दिनुहोस्