site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनआरटी ललित स्मृति एन्फा यू–१८ युथ लिगको उपविजेता

काठमाडौं । न्युरोड टिम (एनआरटी) ललित स्मृति एन्फा यू–१८ युथ लिगमा उपविजेता बनेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको लिगको अन्तिम खेलमा लिग विजेता नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै एनआरटी उपविजेता बनेको हो ।  

Argakhachi Cement Island Ad

कप्तान सुवास बमले खेलको नवौँ मिनेटमा पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तर, पुकार गोलेले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए । त्यस्तै, ५४औँ मिनेटमा अजित तामाङले गोल गर्दै एनआरटीको जित सुनिश्चित गरे । लिगमा संकटा क्लब तेस्रो भएको छ ।

संकटाले मंगलबार नै भएको आफ्नो अन्तिम खेलमा एपिएफलाई ३–१ ले पराजित गरेको थियो । प्रतियोगितामा एपीएफ, चर्च ब्वाइज फुटबल क्लब, एफसी खुमलटार, मच्छिन्द्र क्लब, मनाङ–मर्स्याङ्दी क्लब, जावलाखेल युथ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब सहभागी थिए ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्