site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ऋण पासो र सुरक्षा गलपासोका शब्दजाल 

नेपालको आर्थिक एवं सामाजिक समृद्धिका लागि चिनियाँ बेल्ट एन्ड रोड इनिसियटिव (बीआरआई) र अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सहयोग राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ । कतिपय नेपालीको धारणा छ - चीनद्वारा प्रतिपादित बीआरआईले मुलुकलाई ऋणको पासोमा पार्छ भने अमेरिकी सहयोगले इन्डोपेसिफिक रणनीतिअन्तर्गत नेपाल अमेरिकी सुरक्षाको गलपासोमा पर्न सक्छ ।
 
दुई ध्रुवमा विभक्त बहसकर्ताहरूमा एकथरी बिआरआई परियोजनाले नेपाललाई ऋणपासोमा पार्छ भन्ने गर्छन् भने अर्काथरी अमेरिकी एमसीसी परियोजनाले नेपालमा अमेरिकी सेना आउने अतिवादी सोचले ग्रसित भएकाहरूको विचारबाट सामान्य नेपाली अलमलिएका छन् ।  यी दुवै अतिवादी सोचहरूको चिरफार गर्नु नेपाल र नेपालीको हितमा हुनेछ ।

मध्ययुगमा चीनले आफ्नो मुलुकको उत्पादन पश्चिमी बजारमा ओसारपसार गर्ने मार्ग ‘रेसममार्ग (सिल्करोड)’का नामबाट प्रख्यात थियो । ईसाको दोस्रोदेखि झन्डै पन्द्रौं शताब्दीसम्म चीनको व्यापारिक प्रभुत्व थियो । यो रेसम मार्गबाट चार हजार माइल यात्रा गरी चिनियाँ समान भूपरिवेष्टित देशका बजारमा समेत पुग्थे । 

यही रेशममार्गको आधुनिक संस्करण तयार गर्न चीनले बीआरआईको नाम दिएर सम्बन्धित मुलुकहरूबीच सहयोग गर्न आफ्नै बैंकबाट ऋण सहयोग लगानी गर्ने परियोजना विकास गर्‍यो । उसले नेपालजस्तै अविकसित र विकासशील गरी १५० देशहरूमा पूर्वाधार र उद्योगहरूमा निश्चित ब्याजमा ऋण लगानी गर्न प्रारम्भिक र विस्तृत समझदारीपत्रहरू आदानप्रदान गरिसकेको छ । 

Dabur Nepal
NIC Asia

दक्षिण एसियाली देशहरूमध्ये श्रीलंकाले आफ्नो मुलुकको सामुद्रिक तटमा बीआरआईअन्तर्गत बन्दरगाह परियोजना निर्माण गर्न ऋण लियो । उसले ऋणको साँवाब्याज तिर्ने सर्तहरू पूरा गर्न सकेन । त्यसपछि आफ्नो देशको बन्दरगाह चीनको कम्पनीलाई जिम्मा दियो । यही कारणबाट तत्कालीन सरकार सत्ताच्यूत हुन पुग्यो । यसैलाई देखाएर बीआरआईबाट परियोजना निम्ति ऋण लिँदा पासोमा परिन्छ भन्ने गरेका छन् । 

आधुनिक रेशम मार्गले अफ्रिका, एसिया, अमेरिका, युरोप महादेश सबैलाई सडकमार्ग, जल मार्ग, हवाइमार्गका साथै कृत्रिम यान्त्रिक सन्जालमार्फत जोड्ने प्रयास गरेको छ । तर, यो बीआरआईबाट आउने आर्थिक परियोजनाहरू सजिलै प्राप्त हुने तर कडा सर्तहरू जोडिएर आउने भएका कारण नेपालीहरूबीच आशङ्का बढेको देखिन्छन् ।
 
नेपालले समयसमयमा मुलुकको पूर्वाधार र सामाजिक संरचना निर्माण गर्न विश्व बैंक, एसियाली विकास बैंकलगायत बहुपक्षीय संस्थाहरूबाट ऋण लिएको छ । यो ऋण कुल ग्राहस्थ उत्पादनको करिब १७.५० प्रतिशत देखिन्छ । वैदेशिक ऋण र आन्तरिक ऋणसमेत गर्दा कुल गार्हस्थ्य उत्पादनको ४८ प्रतिशत छ । यसैकारणले सायद बीआरआईबाट ऋण लिन हुन्न भन्ने धारणा बनेको हुनुपर्छ । 

सामाजिक एवं भौतिक पूर्वाधारको विकास नभईकन वैदेशिक लगानी भित्रिने सम्भावना न्यून छ । अमेरिकी अनुदानका परियोजना संघीय संसद्बाट अनुमोदन गराए जस्तै बिआरआईका परियोजनाका हकमा पनि त्यही पद्धति अपनाउँदा उचित हुने देखिन्छ ।

अमेरिकी सहयोगको एमसीसीको अनुदानको रकम झन्डै ५०० मिलियन डलर अर्थात् करिब ६५ अरब नेपाली रुपैयाँ बराबर अनुदानको लक्ष्य नेपाललाई आर्थिक र सामाजिक विकासबाट मध्यम आय भएको देशमा उकाल्नु हो । अमेरिकी सरकारले सन् २०२४ मा ६५ करोड ९० लाख डलरको सहयोग झन्डै ८० अर्ब नेपाली रुपैयाँको सहयोगको प्याकेजले नेपाललाई मध्यम आय देशमा उक्लिन थप सहयोग पुग्ने विश्वास गरिएको छ । नेपालको संसद्ले सन् २०२२ फेब्रुअरी २७ मा एमसीसी सम्झौता अनुमोदन गरेको थियो । नेपालले सामाजिक र आर्थिक विकासको सहयोग जनहितमा छ भन्ने विश्वास दिलाउन संघीय संसद्बाट अनुमोदन गराउने परम्पराले सरकार आउँदो पुस्ताको हितमा सोच्न बाध्य बन्नेछ ।

नेपालका प्रधानमन्त्री हालै चीन भ्रमणमा जाँदा राजनीतिक वृत्त र बौद्धिक समुदायमा कोलाहल मच्चिएको थियो । राजनीतिक दलका केही नेताहरू नेपालले तत्काल बिआरआई परियोजना ऋणमै भए पनि चीन सरकारसँग सम्झौता गरी चिनियाँ युयानको बिटो बोकेर आउन प्रधानमन्त्रीलाई हौस्याउँदै गरेको देखिन्थ्यो । तर, प्रधानमन्त्री मुलुकमा सहमतिको वातावरण नबन्दै ऋण लिन हुन्न भन्ने विचारमा अडिए ।
 
नेपालले आगामी पुस्तालाई समेत ऋण वा अन्य दायित्वको बोझ थोपरेर जाने ऋण अथवा अनुदान लिने प्रस्ताव नेपालीको सार्वभौम संघीय संसद्बाट अनुमोदन गराउने परम्पराको थालनी हुनुपर्छ ।

नेपालका राज्य शक्तिमा बसेकाहरू अनुचित दबाब र प्रलोभनको जालबाट मुक्त हुनुपर्छ । प्रधानमन्त्रीको चीन भ्रमणको पूर्वसन्ध्यामा केही राजनीतिक दलका नेताहरूको बिआरआई सम्झौता तत्काल गरेर आउनुपर्छ भन्ने मागले समाजलाई सशंकित गराएको थियो । यस्तो सस्तो लोक रिझाइँलाई समयमै रोक्नसके नै नेपाल र नेपालीको हित हुनेछ । 

दुई पक्षीय सम्झौताबाट प्राप्त हुने ठूला ऋण र अनुदान सार्वभौम जनताका प्रतिनिधित्व गर्ने संघीय संसद्बाट अनुमोदन गर्ने गराउने व्यवस्थाका लागि जनदबाब जरुरी देखिन्छ ।

(पूर्वकार्यकारी निर्देशक, नागरिक लगानीकोष) 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro