site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘युवाको नेतृत्व मजबुत बनाउन लगानी गर्नुपर्छ’

काठमाडौं । युवाको नेतृत्व मजबुत बनाउन लगानी गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । दिनको सुरुआत दैनिक दुई हजार युवा बाहिरिएबाट नभई नेपालमै रहेका युवाको रचनात्मक, उर्जाशील कामको चर्चाबाट हुनुपर्ने युवालयका अध्यक्ष धर्मराज रिमालले बताए ।

अक्सफाम नेपालले काठमाडौंमा आयोजना गरेको कोभिड–१९ पश्चात पुनःस्थापना रणनीति र कार्यको लागि युवाहरूको नेतृत्वमा आधारित लैंगिक समानता र सामाजिक समावेशीकरण पहलहरुको सिकाइ र अनुभवबारे राष्ट्रिय कार्यशालामा रिमालले युवाले गरेका कामलाई सेलिब्रेट गर्नुपर्नेमा जोड दिए ।

Dabur Nepal
NIC Asia

दैलेखको भगवतीमाई गाउँपालिकाकी उपाध्यक्ष मीनाकुमारी खड्काले युवालाई अगाडि बढाउन, युवामैत्री नेतृत्व तयार गर्न स्थानीय तह लागि परेको बताइन् । “युवाबारे नयाँ विचार बनाउन, युवामैत्री स्थानीय तह बनाउन हाम्रो अठोट छ,” उनले भनिन् ।

उनले युवालाई राजनीतिकमा ल्याउन पुराना पुस्ताले पुस्तान्तरण गर्नुपर्ने बताइन् । “राजनीतिक सर्वसाधारणदेखि जो कोहीले पनि गर्नुपर्छ तर, पुस्तान्तरण नभए युवाको सक्रियता बेकार हुन्छ,” उनले भनिन् ।

राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत चन्दा थापाले  स्थानीय तहमा ४१ प्रतिशत युवाहरू नेतृत्वदायी भूमिकामा रहेको तथ्यांक उल्लेख गर्दै युवालाई अवसर दिनुपर्ने औंल्याइन् ।

भगवतीमाई युवा परिषद्का उपाध्यक्ष राजेन्द्र अधिकारीले युवाहरूले आफूभित्रका क्षमता पहिल्याउन नसकेको बताए । “युवाहरू विदेशको सपनामा छन्, गएका छन्, स्थानीयस्तरमा बसेर समृद्धि हासिल गर्न सकिन्छ भन्ने सोचाइ नै छैन,” उनले भने ।

कार्यक्रममा अक्सफाम नेपालकी राष्ट्रिय निर्देशक तृप्ती राईले परियोजनाको बारेमा जानकारी दिँदै राजनीति र अर्थतन्त्रमा युवाको सहभागितालाई प्रोत्साहन गर्दै आइरहेको बताइन् । “यो परियोजनाले कोभिड–१९ पछि कर्णाली र सुदूरपश्चिम प्रदेशका युवाहरूको क्षमता अभिवृद्धिमा योगदान गर्दै राजनीति र अर्थतन्त्रमा युवाको सहभागिता प्रोत्साहन गरेको छ” उनले थपिन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  २१:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro