site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सिरियाली नेता र युक्रेनी उच्च कूटनीतिज्ञबीच भेटवार्ता
तस्बिर : बीबीसी

दमास्कस । सिरियाका नयाँ नेता अहमद अल–शराले सोमबार युक्रेनका विदेशमन्त्रीसँग भेटवार्ता गरेको सरकारी समाचार संस्था सानाले जनाएको छ ।

रुसको सहयोगी राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेको केही हप्तापछि भेटवार्ता भएको हो ।

Argakhachi Cement Island Ad

सन् २०१५ मा सिरियाको गृहयुद्धको लहरलाई दबाउन सहयोग पुर्‍याउनका लागि मस्को असदको प्रमुख समर्थकमध्ये एक थियो । सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसका लागि असदको पतनलाई ठूलो झट्काका रूपमा हेरिएको छ ।

सानाले सिरियाली अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “सिरियाको नयाँ प्रशासनका नेता अहमद अल–शराले विदेशमन्त्री एन्ड्री सिबिगा नेतृत्वको युक्रेनी प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन्।” 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार आफ्नो देशले पाँच सय टन गहुँको पीठोसहित पहिलो खेप सिरियामा पठाएको बताए । 

युद्धको बाबजुद युक्रेन विश्वको शीर्ष गहुँ उत्पादकमध्ये एक हो। रासस/एएफपी

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्