site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको सय वर्षको उमेरमा निधन

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ । एक सय वर्षको उमेरमा उनको निधन भएको हो । 

२९ डिसेम्बरमा अमेरिकाको जर्जियामा उनको निधन भएको बीबीसीले जनाएको छ । 

कार्टर १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । उनी अमेरिकाको ३९ औं राष्ट्रपति बनेका थिए ।

Dabur Nepal
NIC Asia

मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक काम गरेको भन्दै उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । 

कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति हुन् ।

जिमी सविधानसभा निर्वाचन पर्यवेक्षण गर्न नेपाल आएका थिए । 

उनको निधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले लेखेका छन्, “आज अमेरिका र विश्वले एक असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी व्यक्ति गुमाएको छ ।”

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कार्टरको निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन् । 

उनले लेखेका छन्, “हाम्रो देशको लागि महत्वपूर्ण समयमा जिमीले राष्ट्रपतिको रूपमा चुनौतीहरूको सामना गरे र अमेरिकी जनताको जीवन सुधार गर्न काम गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro