site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानी जेलबाट ५० अफगानी कैदी रिहा
सांकेतिक तस्बिर ।

काबुल । पाकिस्तानमा जेलमा रहेका ५० अफगानी कैदीलाई मुक्त गरी आफ्नो मातृभूमि फर्काइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयका अनुसार पूर्वी नान्गारहारको तोरखाम सीमा नाका र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका हुँदै उनीहरू बुधबार अफगानिस्तान फर्केका हुन् ।

गत वर्ष अक्टोबरमा ३५ अफगानी बन्दीलाई पाकिस्तानी जेलबाट रिहा गरी स्वदेश फर्काइएको पनि मन्त्रालयले जनाएको छ ।

हाल आठ हजारदेखि नौ हजार अफगानी नागरिक विदेशमा जेलमा छन् । तीमध्ये अधिकांश इरान र पाकिस्तानमा रहेको अफगानिस्तानको जेल प्रशासनको सन् २०२४ सेप्टेम्बरको तथ्यांकले देखाएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro