site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंसहित ६ सहर प्रदूषित, रत्नपार्क सर्वाधिक अस्वस्थकर 
फाइल तस्बिर ।

काठमाडौं । वायुको गुणस्तरका आधारमा आइतबार काठमाडौंसहित ६ वटा सहर प्रदूषितको सूचीमा परेका छन् । वातावरण विभागका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका तीन जिल्लासहित, धनुषाको जनकपुर, चितवनको भरतपुर, दाङको देउखुरी र धनकुटा अस्वस्थकर देखिएका हुन् । 

सो अवधिमा यी ६ सहरको औसत ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५१ भन्दा माथि छ । सबैभन्दा धेरै काठमाडौंको रत्नपार्कमा एक्युआई १८७ पुगेको विभागको तथ्यांक छ ।  

काठमाडौंमा भने आइतरबार रातिसम्म नै वायु प्रदूषणको तह बढ्ने विभागले जनाएको छ । साँझ ८ बजे काठमाडौंको वायुमा पीएम (पर्टिकुलेट म्याटर)को मात्रा ६४.३१५ माइक्रोग्राम प्रतिघनमिटर पुग्ने विभागको पूर्वानुमान छ ।

विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति हानिकारक मानिन्छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

आइतबार अपराह्न १२ः१५ बजे काठमाडौंको रत्नपार्कमा पीएम २.५ को मात्रा ६९.३ माइक्रोग्राम प्रतिघनमिटर रहेको विभागको तथ्यांक छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro