देश
काठमाडौं । डिल्लीबजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेका एक सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । मनाङे मन्त्री हुँदा उनका स्वकीय सचिव रहेका टीका भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भण्डारीलाई शनिबार जिल्ला प्रहरी परिसर काठमाडौको विशेष टोलीले नियन्त्रणमा लिएको हो । लाजिम्पाटमा नुवाकोटका जग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने समूहसँग उनको ‘कनेक्सन’ देखिएपछि पक्राउ गरिएको काठमाडौं प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१ १९:११
प्रतिक्रिया दिनुहोस्