site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लाजिम्पाटमा पार्किङस्थलमै जग्गा व्यवसायीमाथि अन्धाधुन्ध रड प्रहार (भिडियोसहित)

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा नुवाकोटका एक जग्गा व्यवसायीमाथि अन्धाधुन्ध रड प्रहार भएको छ । आपराधिक पृष्ठभूमिको समूहले नुवाकोटका जग्गा व्यवसायी विक्रम लामामाथि आइतबार लाजिम्पाटस्थित एक अस्पतालको पार्किङभित्रै अन्धाधुन्ध रड प्रहार गरेको हो ।   

प्रहरीका अनुसार चारजनाको समूहले लामामाथि रड प्रहार गरेको खुलेको छ । रड प्रहारबाट घाइते व्यवसायी लामाको अवस्था गम्भीर छ । उनको चक्रपथस्थित ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको छ । उनलाई आईसीयूमा राखिएको प्रहरी स्रोतले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटकै मार्सल तामाङ छन् । अन्य तीनजनाको खोजी गर्न काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ ।

अस्पतालको सीसीटीभी फुटेजमा देखिएअनुसार व्यवसायी लामा पुग्नुअघि नै उनीहरू अस्पतालको पार्किङ क्षेत्रमा पुगेको देखिन्छ । त्यसपछि सेतो रङको निजी कारसहित पाकिङभित्र छिरेका लामालाई केही समयमै उनीहरूले अन्धाधुन्ध रड प्रहार गरेको देखिन्छ । चारजनाकै समूहले लामा बेहोस नहुँदासम्मै प्रहार गरेको फुटेजमा देखिन्छ ।

टाउकोमा गम्भीर चोट लागेर ढलेपछि पनि उनीमाथि आक्रमण गरेको देखिन्छ । लामा चल्न नसक्ने अवस्थामा पुगेपछि भने उनीहरू भागेको फुटेजमा देखिन्छ । 

पछिल्ला केही घटनाले राजधानीमा गुण्डागर्दीका घटना बढ्न थालेको देखिन्छ । केही समयअघि नुवाकोटकै अर्का गुण्डानाइके सानुभाइ भनिने युवराज गुरुङको समूहले समेत ठमेलको ओम्मिया क्लबका सञ्चालक र बाग्लुङका एक युवालाई दरबारमार्गमा कुटपिट गरेका थिए ।

लामामाथि कुटपिट गर्ने समूह समेत सानुभाइकै रहेको प्रहरीले दाबी गरेको छ । पक्राउ परेका मार्सल सानुभाइकै समूहमा रहेर गुण्डागर्दी गर्दै आएको खुलेको छ । घटनाका मुख्य योजनाकार भने नुवाकोटकै अजय तामाङ रहेको प्रहरीको दाबी छ । तामाङ फरार छन् । अन्य दुईजनाको पहिचान भने खुलेको छैन ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro