site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भने– घमण्ड नगरी विनयशील हुनोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रूपमा बाँच्न पाउने अवस्था सिर्जनाका निम्ति प्राप्त ज्ञान प्रयोग गर्न आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको शनिबार काठमाडौंमा आयोजित ५०औँ दीक्षान्त समारोहमा विश्वविद्यालयलका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले समाजलाई लोकतान्त्रिक, सु–संस्कृत र इमानदारपूर्ण बनाउन र विद्यावान् हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले उपाधि प्राप्त हुनेबित्तिकै अध्ययन पूरा नहुने तर्क गरे । प्राप्त ज्ञानलाई व्यावहारिक जीवनमा उतारेर परिष्कृत गर्न उनले आग्रह गरे ।

“आफैँसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम लाग्दैन । ज्ञानलाई व्यावहारिक रूपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “हामीले मुलुकमा विद्यमान २० प्रतिशतको निरपेक्ष गरिबी अन्त्य गर्ने अभिभारा लिनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ ।”

प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गरे । पुर्खाको ज्ञानप्रति कृतज्ञ भएर उनीहरूबाट सिक्नुपर्नेमा उनले जोड दिए ।

अर्थशास्त्री डा. रामप्रकाश यादवले विद्यार्थी जीवनको संघर्ष र इमानदारीले लक्ष्य प्राप्तिमा जोकोहीलाई सफलता हासिल हुने बताए ।

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अध्ययन–अध्यापनमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिइन् ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले विश्वविद्यालय मातहतका क्याम्पसहरू गाभ्ने नीति लिइएको जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro