site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी निष्कर्ष–तीनवटै पद एमालेलाई दिन सकिँदैन, प्रचण्डलाई कांग्रेसबाट प्रधानमन्त्री अफर !

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीनवटै पद नेकपा एमालेलाई दिएर पार्टी एकता हुन नसक्ने निष्कर्ष निकालेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले यस्तो निष्कर्ष निकाल्दै सरकार गठनभन्दा अघि नै पार्टी एकता नभए त्यसपछि एकता प्रक्रिया नै भाँडिन सक्ने आशंका गरेको छ ।

माओवादी बैठकले सरकार गठनभन्दा पनि पार्टी एकतालाई बढी जोड दिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सोमबार बसेको बैठकमा चुनावी तालमेलका बेला भएको सहमतिअनुसार नै पार्टी एकताको सुनिश्चिततापछि सरकार गठनको प्रक्रियालाई अघि बढाउन जोड दिएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

उनले ६० प्रतिशत ठाउँमा पार्टीले उमेदवार नउठाएको कारण पनि समानुपातिक मत कम आएको बारेमा छलफल भएको बताइन् । 

माओवादीले राष्ट्रियसभा गठनको विषय राजनीतिक भएको भन्दै राजनीतिक सहमतिबाटै टुङ्याउनुपर्नेमा पनि जोड दिएको छ । उसले कांग्रेससँग पनि छलफल गरेर टुंगोमा पुर्याउने निष्कर्ष निकालेको हो ।

माओवादी केन्द्रको बैठकले पार्टी एकतापछि अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेता एमालेलाई नै र एकै व्यक्तिलाई दिन नसकिने निष्कर्ष निकालेको पनि माओवादी केन्द्रका अर्का एक नेताले बताए ।

“असोज १७ गतेको निर्णयलाई दुवै पार्टीका नेता तथा कार्यकर्ताले मान्नुपर्छ । एमालेका साथीहरुले तीनवटै पद केपी शर्मा ओलीजीलाई दिनुपर्छ भनिरहनुभएको छ । त्यो ठीक होइन भन्ने बारेमा छलफल भएको छ,” माओवादी केन्द्रका नेता मणि थापाले भने, “दुईजना नेतामध्ये एकजना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुन्छ ।”

उनले असोज १७ गतेका सहमतिअनुसार नै अध्यक्ष र प्रधानमन्त्री पदको टुंगो लाग्ने जिकीर गरे ।

असोज १७ गते नै एमाले र माओवादीबीच साढे २ वर्ष ओली र साढे २ वर्ष प्रचण्ड प्रधानमन्त्री हुने अनौपचारिक सहमति भएको पनि थापाले बताए ।

“एउटा प्रधानमन्त्री हुँदा अर्को पार्टी अध्यक्ष हुने सहमतिलाई कसैले पनि बिर्सनुहुँदैन,’’ थापाले बाह्रखरीसँग कुरा गर्दै भने, “साढे दुई वर्ष एउटाले पार्टी र अर्कोले सरकार पालैपालो चलाउने भन्ने अनौपचारिक सहमति यसअघि नै भएको हो ।”

अहिले नै पार्टी एकता र पदको बाँडफाँट नभए पछि दुवै पार्टीभित्र समस्या देखिन सक्ने उनको भनाई थियो ।

माओवादी केन्द्रलाई प्रधानमन्त्रीको अफर !
 

एमालेबाहेक पनि सरकार बन्न सक्ने संकेत गर्दै थापाले भने, “कांग्रेस, मधेसवादी दलहरुबाट हामीलाई प्रधानमन्त्रीको अफर आएको छ । कांग्रेसलगायत साना दलहरुबाट हामीलाई प्रधानमन्त्रीको अफर आएको छ । उनीहरुले एमालेलाई छोड्दिनुहोस्, हामी प्रचण्डलाई लेखेरै पाँचवर्षसम्म प्रधानमन्त्री बनाउने सहमति गर्छौं भनिराखेका छन् ।”

उनले जनताले दिएको जनमतलाई आफूहरुले अवमुल्यन नगर्ने जिकीर पनि गरे । उनले अगाडि थपे, “एमाले र माओवादी केन्द्र एक हुन भनेर नै जनताले हामीलाई यति धेरै मत दिएका हुन् । यदि पार्टी एकता नगर्ने चुनावी तालमेलको लागि मात्र भनेको भए यति धेरै सिट आउँदैनथ्यो होला ।”

हारको कारण पनि खोज्ने
बैठकमा एमाले र माओवादी केन्द्रबाट संयुक्त रुपमा उमेदवारी दिएका उमेदवारहरुको हारको कारणबारे पनि छलफल भएको थियो ।

गठबन्धनबाट साझा उमेदवारी दिएका माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एमालेका उपाध्यक्ष वामदेव गौतमलगायत पराजित भएका नेताहरुको हारको कारण खोज्ने कुरा पनि उठेको थापाले बताए ।
तस्बिर रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ३, २०७४  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro