site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तीनबुँदे सहमति लागु नगर्ने निर्णयप्रति विप्लवको आक्रोश
फाइल तस्बिर ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले सरकारले संसद्मा दर्ता भएको केही नेपाल ऐन (संशोधन) विधेयकको दफा ६४ फिर्ता लिने निर्णय गरेकोप्रति आक्रोश पोखेका छन् । १३२औँ माओ दिवसको अवसरमा सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रममा आफूहरूले तीनबुँदे सहमति गर्न नभनेको बताए ।

“तीनबुँदे सहमति भयो । हामी आयौँ । हातपाउ जोडेर तीनबुँदे गर्नुस् बर्बाद भयौँ भन्दै आएको हामी ? खोज्दै को गएको ? सबै सहमति ठिक छ भन्दै आएको हो नि । अब तीनबुँदे लागु नगर्ने रे,” उनले भने ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियाले विधेयकको दफा ६४ फिर्ता लिएको जानकारी दिएका थिए ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र चन्दबीच २०७७ फागुनमा तीनबुँदे सहमति भई प्रतिबन्धित नेकपा शान्तिपूर्ण राजनीतिमा आएको थियो । त्यसबेला भएको सहमतिमा नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा फिर्ता लिने सहमति भएको थियो । सोही सहमतिबाट सरकार पछि हट्न लागेकोमा विप्लवले आक्रोश पोखेका हुन् ।

कार्यक्रममा विप्लवले मुद्दा फिर्ता नगरेर के गर्न खोज्या भन्दै प्रश्न गरे । “मुद्दा फिर्ता नगरेर के गर्न खोज्या ? फेरि रोमियो अप्रेसन ?, फेरि किलोसेरा टु ? रोमियो र किलासेरा टु भएपछि के जन्मिन्छ थाहा छ कि छैन ? त्यसले के जन्मायो ? त्यसबाट कोही तर्सनेवाला छैन,” उनले भने, “नेकपालाई दबाबमा राख्ने कल्पना छ भने छाडिदिए हुन्छ । त्यो सम्भव छैन । हामीले न्यायको लडाइँ लडेको हो । कसैको अघि भीख माग्न हिँडेको होइन ।” उनले भने ।

विप्लवले पार्टी एकता नगर्ने भन्ने सत्य नभएको बताए । माओवादी केन्द्रलाई आठ महिनाअघि नै एकताको प्रस्ताव पठाए पनि व्यवस्थित छलफल नगरेको गुनासो गरे । “नेकपा माओवादीलाई आठ महिनाअघि प्रस्ताव गर्यौँ । तर, माओवादीमा सुव्यवस्थित छलफल अहिले पनि छैन । त्यसपछि सबै छलफल सुन्यौँ, बेला भइसकेको छैन । त्यसैले समाजवादी सहकार्यका लागि हामी खुल्ला,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro