site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कजाकिस्तान विमान दुर्घटना : २५ यात्रुको जीवितै उद्धार, २२ जना अस्पताल भर्ना

काठमाडौं । कजाकिस्तानमा बुधबार दुर्घटना भएको विमानमा सवार ६७ यात्रुमध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये २२ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको कजाकिस्तानको आपत्‌कालीन मन्त्रालयले जनाएको छ । 

अजरबैजानबाट ६७ यात्रु बोकेर दक्षिणी रुसका लागि उडेको यात्रुवाहक विमान बुधबार कजाकिस्तानको सहर अक्ताउनजिकै दुर्घटनाग्रस्त भएको थियो ।

अजरबैजान एयरलाइन्सको उडान ‘जे२–८२४३’ नम्बरको विमान राजधानी बाकुबाट रूसी क्षेत्र चेचन्याको ग्रोज्नीका लागि उडेको थियो । अक्ताउबाट करिब तीन किलोमिटर (१.८ माइल) पर पुगेपछि विमानलाई आपत्‌कालीन अवतरण गरिएको थियो । 

आपत्‌कालीन अवतरण गराउने क्रममा विमान दुर्घटनामा परेको थियो । उद्धार टोली घटनास्थलमा पुग्दा विमान आगो लागेको  अवस्थामा भेटिएको कजाकिस्तानको आपत्‌कालीन मन्त्रालयले जनाएको छ । 

विमानमा ६२ यात्रु र पाँचजना चालक दलका सदस्य रहेको कजाकिस्तानको यातायात मन्त्रालयले प्रारम्भिक रिपोर्टमा जनाएको छ । 

प्रारम्भिक तथ्यांकअनुसार विमानमा रहेका यात्रुमध्ये ३७ जना अजरबैजानका, ६ जना कजाकिस्तानका, तीन किर्गिस्तानका र १६ जना रुसका नागरिक रहेको बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro