site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नासाको अन्तरिक्षयान सूर्यको अहिलेसम्मकै नजिकबाट जाँदै

काठमाडौं । क्रिस्मसको पूर्वसन्ध्यामा नासाको अन्तरिक्षयान 'पार्कर सोलार प्रोब' सूर्यको सबैभन्दा नजिकबाट जाँदै छ । नेपाली समयअनुसार अपराह्न ५:२५ बजे पार्कर सूर्यबाट ६१ लाख किलोमिटर मात्र टाढा हुनेछ । सूर्यको यति नजिक पुग्ने यो पहिलो मानव निर्मित वस्तु हुनेछ ।

न्युयोर्क टाइम्सका अनुसार, यो यान सूर्यतर्फ जानेवाला अघिल्लो कुनै पनि मिसनभन्दा सात गुणा नजिक छ । सूर्यको बाहिरी वायुमण्डलबाट जाँदा पार्करको गति ६.९ लाख किलोमिटर प्रतिघण्टाभन्दा बढी हुनेछ । यो मानवले बनाएको कुनै पनि वस्तुको अहिलेसम्मकै उच्च गति हो ।

पार्कर आगामी तीन दिनसम्म सूर्यको वायुमण्डलमा रहनेछ । पार्कर सोलार प्रोब हालसम्म २१ पटक सूर्यको फ्लाइबाइमार्फत सूर्यको सबैभन्दा नजिक पुगेको छ । यस क्षेत्रलाई पेरिहेलियन भनिन्छ । पार्करको तापक्रम सूर्यको नजिक जाँदा एकहजार डिग्री सेल्सियसभन्दा बढी हुनेछ ।

पार्करले डिसेम्बर २७ मा पृथ्वीमा आफ्नो यात्राबारे जानकारी पठाउनेछ ।

पार्कर सोलार प्रोब नासाले अगस्ट १२, २०१८ मा प्रक्षेपण गरेको थियो । यस मिसनबाट सूर्यको बाहिरी वायुमण्डललाई नजिकबाट अध्ययन गर्ने उद्देश्य राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro