site stats
बाह्रखरी :: Baahrakhari
कला
प्रदर्शनको तयारीमा रहेका नेपाली चलचित्रको प्रचार गर्दै बोर्ड 

काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्रको प्रचारप्रसारमा सहयोग गर्ने भएको छ । नेपाली चलचित्रका निर्मातालाई उनीहरूको सिनेमाको पब्लिसिटीमा बोर्डले सहयोग गर्ने भएको हो । 

चलचित्रको रिलिज डेट तोकेको भिडियो बनाएर सामाजिक सञ्जालमार्फत प्रचारमा सहयोग गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी बताउँछन् । 

Argakhachi Cement Island Ad

“निर्माताले आफ्नो चलचित्रको रिलिज डेट तोकेपछि हामीलाई खबर गर्नुपर्नेछ । त्यसपछि हामी त्यसको दृश्य सामग्री बनाएर पब्लिसिटीमा सहयोग गर्नेछौँ,” अध्यक्ष डिसीले बाह्रखरीसँग भने, “विभिन्न फेसबुक पेजमा हामी पोस्ट सेयरका लागि आग्रह गर्नेछौँ ।” 

फेसबुक पेजलाई आर्थिक रूपमा सहयोग गरेर भए पनि नेपाली चलचित्रको पब्लिसिटीमा सहयोग गर्ने उनको भनाइ छ । 

नेपाल टेलिभिजनका चारवटा च्यानल, रेडियो नेपाल र गोरखापत्र दैनिकमा पनि चलचित्रको विकास र प्रवर्द्धनका लागि टाइअप गरिने अध्यक्ष डिसीले जानकारी दिए । 

यसका लागि सञ्चार मन्त्रालयले बजेट उपलब्ध गराउनेछ । 

हलमा ट्रेलर बजाउन सहयोग गर्ने विषयलाई दोस्रो चरणमा राखिएको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्