site stats
बाह्रखरी :: Baahrakhari
देश
कञ्चनपुरमा तास खेलिरहेका १० जना पक्राउ

काठमाडौं । कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेदकोट नगरपालिका–१०, सिसैयाका ५४ वर्षीय हर्कबहादुर साउदसहितका व्यक्तिहरू छन् ।

स्थानीय विक्रम बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार (हिजो) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद १८ हजार ४२२ रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्