site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोशीका वडाध्यक्ष लामाको निधन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । डेढ वर्षदेखि क्यान्सर रोगको उपचार गर्दै आएका लामाको आइतबार साँझ वीर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । 

लामाको आज काठमाडौ‌ंस्थित स्वयभूमा सामाजिक परम्पराअनुसार अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । ६९ वर्षीय लामा विसं ०७४ को स्थानीय तहको निर्वाचनमा पनि सोही वडामा नेकपा (एमाले)को तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए । 

लामाको निधनको शोकमा आज गाउँपालिकाले बिदा दिएको छ । एमालेका जिल्ला सचिवालय सदस्यसमेत रहेका लामाको निधनमा काभ्रेपलाञ्चोक एमालेले शोक विज्ञप्ति जारी गरी पार्टीको कुशल, जुझारु र जनप्रिय जनप्रतिनिधि गुमाएकोमा दुःख व्यक्त गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro