site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘छक्का पञ्जा’ निर्माण टिमले दाप्चाका स्थानीयलाई कति गर्‍यो सहयोग ? 

काठमाडौं । ‘छक्का पञ्जा’ निर्माण टिमले काभ्रेको दाप्चाका स्थानीयलाई खानेपानी आपूर्तिका लागि पाइप खरिदका लागि आर्थिक सहयोग गरेको छ । 

‘छक्का पञ्जा–५’ निर्माण टिमले आइतबार दाप्चाका स्थानीय जनप्रतिनिधिलाई पाँच लाख रुपैयाँ हस्तान्तरण गरेपछि पाइप खरिद् भइसकेको छ । 

Dabur Nepal
NIC Asia

असोज ११ र १२ गते आएको बाढीले रोसीबाट लिफ्टिङ गरेर ल्याएको पानीको पाइप बगाएपछि खानेपानीको सुविधाबाट स्थानीय बञ्चित भएका थिए । 

“पहिलो चरणमा हामीले पाँच लाखभन्दा केही बढीको पाइप खरिदका लागि सहयोग गरेका छौँ,” ‘छक्का पञ्जा–५’का कार्यकारी निर्माता समेत रहेका कलाकार निर्मल शर्माले बाह्रखरीसँग भने, “बाँकी कामका लागि कति बजेट चाहिन्छ त्यो पनि सहयोग गर्नेछौँ । अबको १०/११ दिनपछि गाउँमा खानेपानी पुग्नेछ ।” 

पहिलो चरणमा खानेपानीमा सहयोग गरेको र दोस्रो चरणमा अन्य के सहयोग गर्ने भन्नेमा ‘वर्कआउट’ भइरहेको उनले बताए । 

“हामीले क्षति भएका भौतिक संरचनामा सहयोग गर्ने सोच बनाएका थियौँ । तर, स्थानीय र प्रदेश सरकारले सहयोग गरिसकेको पाइयो,” निर्मल भन्छन्, “अब के गर्ने सोचिरहेका छौँ ।” 

‘छक्का पञ्जा’ टिमले हरेक वर्ष आफ्नो चलचित्र छायांकन गरेको स्थानमा सहयोग गर्दै आएको छ । ‘छक्का पञ्जा–५’ काभ्रेको दाप्चामा छायांकन भएको थियो । 

चलचित्र छायांकन गरेर फर्किएको केही हाप्तामै भारी वर्षा पछि आएको बाढीले ठूलो जनधनको क्षति भएको थियो । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro