site stats
बाह्रखरी :: Baahrakhari
विदेश
फ्रान्सको उग्रदक्षिणपन्थी मेरिन लि पेन २०२७ को राष्ट्रपति चुनावमा उमेदवार हुन नपाउने

काठमाडौं । फ्रान्सको उग्रदक्षिणपन्थी नेसनल पार्टीकी नेतृ मेरिन लि पेन युरोपियन युनियन (ईयू)को फन्ड दुरुपयोग गरेको अभियोग प्रमाणित भएपछि सन् २०२७ मा हुने  राष्ट्रपतीय चुनावमा उमेदवार हुन नपाउने भएकी छन् ।

फ्रान्सको एक अदालतले लि पेनलाई ईयूको फन्ड दुरुपयोग गरेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षसम्म राजनीतिक पदको लागि चुनावमा प्रतिस्पर्धा गर्न बन्देज लगाएको हो ।

Argakhachi Cement Island Ad

अदालतले सन् २००४ देखि २०१६ सम्म ईयू संसद्की सांसद रहँदा उनले आफ्ना सहयोगीहरूलाई ईयूको फन्ड अनुचित रूपमा भुक्तानी गरेको भन्ने आरोप लागेको थियो ।

५६ वर्षीया लि पेनले सन् २०१७ र २०२२ को फ्रान्सको राष्ट्रपति चुनावमा दोस्रो स्थानमा रहेकी थिइन् ।

 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्