
काठमाडौं । इजरायली सेनाले सोमबार गाजाको राफा र नजिकैका क्षेत्रहरूमा बस्ने नागरिकलाई त्यस ठाउँबाट अन्य स्थानमा स्थानान्तरण हुन आदेश जारी गरेको छ । यो आदेशपछि इजरायले गाजापट्टीको दक्षिणी सहरमा फेरि ठूलो भूमिगत अभियान सुरु गर्ने संकेत दिएको एसोसिएटेड प्रेसले जनाएको छ ।
इजरायली सेनाले गाजावासी प्यालिस्टाइनीहरूलाई तटीय क्षेत्रमा फैलिएको मुवासीको अस्थायी शिविरतर्फ जान आदेश दिएको हो । यो आदेश मुसलमानहरूको पर्व ईद–अल–फितरको समयमा आएको हो । यो सामान्यतया रमजानको महिनाको समाप्तिमा मनाइने एक उत्सवपूर्ण मुस्लिम पर्व हो ।
इजरायलले हमास सशस्त्र समूहसँगको युद्धविराम समाप्त गरी यही महिनाको सुरुदेखि नै हवाई र भूमिगत युद्ध फेरि सुरु गरेको थियो । हामासलाई युद्धविराम सम्झौतामा नयाँ प्रस्तावित परिवर्तनहरू स्वीकार गर्न बाध्य पार्ने उद्देश्यले इजरायलले मार्चको सुरुदेखि गाजाका लगभग २० लाख नागरिकलाई खाद्यान्न, इन्धन, औषधि र मानवीय सहयोगको आपूर्ति पूर्ण रूपमा रोकिदिएको छ ।
गत जनवरीमा हमाससँग गरेको युद्धविराम अनुसार इजरायले यो सीमा क्षेत्रबाट आफ्नो सेना फिर्ता गर्नुपर्ने थियो तर, पछि उसले हतियार तस्करी रोक्न आवश्यक भएको भन्दै सेना फिर्ता गर्न अस्वीकार गर्यो । त्यसपछियुद्धविराम समाप्त भएको थियो ।