site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से २६२८.२६ विन्दुमा, चार अर्ब २७ करोडको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा बन्द भएको छ । चार अर्ब २७ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

यस दिन ८१ कम्पनीको सेयर मूल्य बढेको छ । १४९ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

Dabur Nepal
NIC Asia

उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यी दुई कम्पनीको सेयर मूल्य प्रतिकित्ता तीन हजार रुपैयाँभन्दा बढी छ ।

कुथेली बुखरी स्मल हाइड्रोपारको सेयर मूल्य ९.९० प्रतिशतले घटेर दुई हजार ६७६ रुपैयाँ कायम भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

कारोबारमा आएका १३ मध्ये फाइनान्स, माइक्रोफाइनान्स र व्यापार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

फाइनान्स समूहको परिसूचक १.०७, माइक्रोफाइनान्स समूहको ०.०९ र व्यापार समूहको ०.५० प्रतिशतले बढेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro