काठमाडौं । गएको दसैँमा रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’का निर्देशक वसन्त निरौलाले आउँदो वर्षको दसैँमा पनि नयाँ चलचित्र रिलिज गर्ने भएका छन् । उनले आउँदो दसैँमा ‘दशमी’ रिलिज गर्ने भएका हुन् ।
उनले ‘दशमी’ निर्माणको घोषणा गरिसकेका छन् । स्क्रिप्ट पूजा गर्दै उनले चलचित्र ‘दशमी’ निर्माणको घोषणा गरेका हुन् ।
दिलीप रानाभाटको लेखन रहेको चलचित्रमा राजकुमार पण्डितको लगानी रहनेछ । चलचित्रको निर्मातामा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य रहेका छन् ।
विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रको प्रोडक्सन म्यानेजर दिलीप पन्त छन् । निर्देशक निरौलाले चलचित्रको नाम घोषणा गरे पनि कलाकारको लाइनअप भने सार्वजनिक गरेका छैनन् । उनले चलचित्र दसैँको फूलपातीका दिन रिलिज हुने बताएका छन् । गएको दसैँमा ब्रान्ड बनाइसकेको ‘छक्का पञ्जा’ र एक्सन स्टार विराज भट्टको चलचित्र ‘१२ गाउँसँग पनि पछि नहटेको भन्दै यो वर्ष पनि दसैँमा नै आउने निर्देशक वसन्त बताउँछन् ।
‘दशमी’मा गएको दसैँमा रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’को टिम देखिएको छ । कलाकारबाहेक अधिकांश टिम ‘ज्वाइँ साब’को रहेको छ ।