site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएलमा तीन अर्धशतक बनाउने पहिलो ब्याटर बने बोपारा 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका रवि बोपारा तीन अर्धशतक बनाउने पहिलो ब्याटर बनेका छन् ।

उनले बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सविरुद्ध ५३ रनको अर्धशतकीय इनिङ खेले । यसक्रममा बोपाराले ३३ बलको सामना गर्दा तीन चौका र चार छक्का प्रहार गरे ।

बोपाराले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ५१ र कर्णाली याक्सविरुद्ध ५९ रन बनाएका थिए ।

एनपीएलमा कर्णाली याक्सका विलियम बोसिस्टो र लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले समान दुई अर्धशतक बनाएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro