site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोल्सावाला र बोसिस्टोको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

काठमाडौं । ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टोको अर्धशतकप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजसामु १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।

कर्णालीका ओपनर कोल्सावालाले सर्वाधिक ५३ रन बनाए । उनले ३९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । कोल्सावालाले ३५–२ को स्थितिबाट तेस्रो विकेटका निम्ति विलियम बोसिस्टोसँग ४९ रनको साझेदारी गर्दै कर्णालीको मध्यक्रम सम्हालेका थिए । 

बोसिस्टोले ५२ रन बनाए । उनले ३९ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । बोसिस्टोले ९७–४ को स्थितिबाट पाँचौँ विकेटका निम्ति चान्डविक वाल्टनसँग ६७ रनको साझेदारी गर्दै कर्णालीलाई बलियो योगफलसम्म पुर्‍याएका हुन् ।

वाल्टनले अविजित ४६ रन जोडे । आक्रामक रूपमा प्रस्तुत भएका वाल्टनले २३ बलमा चार चौका र तीन छक्का प्रहार गरे । कप्तान सोमपाल कामी शून्यमा अविजित रहे ।

कर्णालीका अर्का ओपरन रित गौतम ‘गोल्डेन डक’ र गुल्सन झा ‘डक’ भए । जिसान मक्सुदले १२ बलमा एक चौका र एक छक्कासहित १४ रन थपे । देव खनाल तीन रन बनाएर पभेलियन फर्किए ।

चितवनका सोहेल तान्विरले दुई विकेट लिए । चार ओभर बलिङ गरेका सोहेलले २४ रन खर्चिए । सरद भेषवाकर, रवि बोपारा र कप्तान कुशल मल्लले समान एक विकेट हात पारे ।

यो खेलमा जित निकाल्ने टिमले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । आजै हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro