site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भानुआटुमा भूकम्प : १४ जनाको मृत्यु, २०० घाइते
तस्बिर : ईपीए ।

काठमाडौं । भानुआटुमा मंगलबारको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । उद्धार कार्य जारी छ ।

७.३ म्याग्निच्युडको उक्त भूकम्पमा परी २०० जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

शक्तिशाली भूकम्पको धक्काले भवनहरू ध्वस्त भएका छन् । सात दिनका निम्ति ‘आपत्कालीन अवस्था’ लागु गरिएको भानुआटु प्रहरीले जनाएको छ । मानिसको आवतजावतलाई सीमित गर्न यस्तो गरिएको हो ।

भूकम्पको केन्द्रविन्दु राजधानी पोर्ट भिलाबाट ३० किलोमिटर पश्चिममा ५७ किलोमिटर गहिराइमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भानुआटु दक्षिण प्रशान्त क्षेत्रमा ८० साना टापुको एक देश हो । यो फिजीको पश्चिम र अस्ट्रेलियाको पूर्वमा अवस्थित छ ।

यो सम्पूर्ण क्षेत्र सक्रिय भूकम्पीय क्षेत्रमा पर्छ । यहाँ भूकम्प र अरू प्राकृतिक प्रकोप ठूलो संख्यामा निम्तने गर्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro