site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुस–युक्रेनले युद्ध अन्त्यको तत्परता नदेखाए मध्यस्थता नगर्ने चेतावनी 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनले युद्ध अन्त्य गर्दै शान्ति सम्झौता नगरे रुस–युक्रेन वार्तामा थप मध्यस्थता गर्नबाट अमेरिका अलग हुने बताएका छन् । 

राष्ट्रपति कार्यालयमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले कुनै एक निश्चित समयभित्रै युद्धविरामको अपेक्षा नगरे पनि यो प्रक्रिया तत्काल टुंगो लगाउनुपर्ने पक्षमा आफू रहेको बताए । 

उनको टिप्पणी अमेरिकी विदेशमन्त्री मार्को रुबियोले केही घण्टाअघि मात्र दिएको चेतावनीपछि आएको हो । रुबियोले रुस–युक्रेन वार्तामा केही दिनभित्रै स्पष्ट प्रगति नदेखिए अमेरिका शान्ति सम्झौता गराउने प्रयासबाट पछि हट्ने बताएका थिए ।

“हामी यो प्रयासलाई हप्तौँ र महिनौँसम्म लम्ब्याउने परस्थितिमा छैनौँ,”  रुबियोले भनेका थिए, “हामीसँग गर्नुपर्ने अन्य प्राथमिकताहरू पनि छन् ।”

यता, रुसले युक्रेनमा आक्रमण जारी राखेको छ । शुक्रबार उत्तर–पूर्वी सहरहरू खार्किभ र सुमीमा रूसले गरेको आक्रमणमा दुईजनाको मृत्यु र सयभन्दा बढी घाइते भएको जनाइएको छ ।

सन् २०२२ मा मस्कोले युक्रेनमाथि आक्रमण थालेको थियो र रूसी सेनाहरू पूर्वी युक्रेनमा विस्तारैअगाडि बढिरहेका छन् ।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्भावित युद्धविरामका लागि केही सर्तहरू राखेका छन् । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro