site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुस र युक्रेनबीच बारम्बार असफल वार्तामा अमेरिकाले दियो यस्तो चेतावनी

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेनबीचको वार्ता निरन्तर असफल हुने बारेमा चेतावनी दिएका छन् ।

उनले यदि युद्धविराम सम्झौताको स्पष्ट संकेत नदेखिएमा, अमेरिकाले केही दिनभित्र रुस–युक्रेन शान्ति सम्झौताको मध्यस्थता गर्ने प्रयास त्याग्ने चेतावनी दिए ।

रुबियोले भने, "संयुक्त राज्य अमेरिका युद्ध अन्त्य गर्न मद्दत गर्न चाहन्छ, तर यदि वार्तामा तत्काल सुधार भएन भने अगाडि बढ्न तयार छ ।"

"हामी यो प्रयास धेरै हप्ता र महिनासम्म जारी राख्न सक्दैनौँ, ध्यान केन्द्रित गर्न अझ महत्त्वपूर्ण कुराहरू छन्," विदेशमन्त्रीले भने ।

युक्रेनले अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्ने दिशामा पहिलो कदम चालेको केही घण्टापछि रुबियोको यो भनाइ आएको हो ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकफलाई 'रूसी कथा फैलाएको' आरोप लगाएका थिए ।

फक्स न्यूजसँगको हालैको अन्तर्वार्तामा विटकफले भने, "रूस र युक्रेन बीचको युद्ध पाँच क्षेत्रहरूमा निर्भर गर्दछ, जसमध्ये धेरैजसो रूसले ओगटेका छन् ।" बीबीसी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro