राजनीति

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले ०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुने जिकिर गरेका छन् ।
शनिबार (वैशाख ६) काठमाडौंमा आयोजित ‘पृथ्वीपथको आवश्यकता : प्रबुद्ध वर्गको सोच’ विषयक कार्यक्रममा उनले देशमा जेठ १५ गते गणतन्त्रको घोषणा भएको स्मरण गरे । र, आउँदो जेठ १५ गते नै गणतन्त्रको अन्त्य हुने जिकिर गरे ।
उनले भारतका ९९ प्रतिशत मिडियाले नेपालमा राजतन्त्र आउने र हिन्दुराष्ट्र स्थापित हुने भनिरहेको बताए ।
आफूहरूको अबको आन्दोलनका बारेमा छिटै जानकारी दिने उनले बताए । हिमालयन टेली भ्वाइस
भिडियो हेर्नोस्–
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२ १७:४०
प्रतिक्रिया दिनुहोस्